नारायणगढ–मुग्लिन सडकमा २ ट्रक ठोक्किँदा ७ घाइते

चितवन ।
मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।भरतपुर महानगरपालिका–२९ गाइघाटमा बिहीबार बिहान करिब ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले दुबै ट्रकको अगाडिको भागमा क्षति पुगेको जानकारी दिए । ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको छ । दुबै चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रकका चालक भरतपुर–१२ मुनालचोक बस्ने ३७ वर्षका सन्तोष सुवेदी र ना ६ ख ९८९७ नम्बरको ट्रकका चालक रौतहट गरुड नगरपालिका ५ बस्ने ३४ वर्षका धनराज कुमार यादव छन् ।
यस्तै, ०१–००६ ख ६२८७ नम्बरको ट्रकमा सवार यात्रु रौतहट बौदीमाई नगरपालिका ७ का जयकान्त राय यादव, सोही ठाउँका हरिशंकर यादव, आकाश यादव, रवि कुमार यादव र अनिल कुमार यादव घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया