मझेरी बचत तथा ऋण सहकारीको अध्यक्षमा महेश कार्की

पाेखरा । मझेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मझेरीपाटन–१४, पोखराको २०८२ सालको वार्षिक अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भएको छ।
नयाँ कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन्: अध्यक्ष: महेश कार्की उपाध्यक्ष: पशुपति पौडेल सचिव: पार्वती बास्तोला कोषाध्यक्ष: एकेन्द्र कुँवर सह–सचिव: कोपिला श्रीष सदस्यहरू: उमा कुमारी थापा, महेन्द्र बहादुर कुँवर, हेमन्त ढकाल, विमा देवी बिक, दिलकुमारी घर्ती, सुशीला कार्की, सरिता कार्की, र राजेन्द्र ढुंगाना।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा संस्थाका पूर्व अध्यक्ष रामचन्द्र कुँवरले संस्थाले विगतदेखि निर्माण गरेको सहकार्य र पारदर्शिताको परम्परा नयाँ कार्यसमितिले अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। संस्थापक अध्यक्ष गनेस पौडेलले आफ्नो मन्तव्यमा सहकारीको प्रारम्भिक संघर्ष, उद्देश्य र सामूहिक यात्रालाई स्मरण गर्दै सहकार्यको भावना अझ मजबुत बनाउँदै जानुपर्नेमा जोड दिए।
निर्वाचन उप–समितिका संयोजक तथा पूर्व अध्यक्ष बाटु कृष्ण कुँवरले निर्वाचन प्रक्रिया र सहमतिमा पुगेको पृष्ठभूमिबारे जानकारी दिँदै सबै उम्मेदवारहरूलाई एकै स्वरमा सर्वसम्मत बनाउनु उपलब्धि भएको बताए।
पदस्थापन कार्यक्रमको सञ्चालन रामजी पौडेलले गर्नुभएको थियो। कार्यक्रमलाई विभिन्न सरोकारवाला प्रतिनिधिहरू, पूर्व पदाधिकारीहरू र सदस्यहरूले सम्बोधन गरेका थिए। सबै उम्मेदवारहरू सर्वसम्मत चयन भएकाले संस्थामा विश्वास र एकताको सन्देश प्रवाहित भएको बताउँदै नयाँ कार्यसमितिले सहकारीको सेवा गुणस्तर, वित्तीय अनुशासन, र प्रविधिमैत्री सेवा प्रणालीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा पोखरा महानगरपालिकाको सहकारी विभाग, अन्य सहकारी प्रतिनिधि, स्थानीय समाजसेवीकाे उपस्थिति रहेको थियो।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया