लेखनाथ जेसीजकाे व्यक्तित्व विकास तालिम

पोखरा
लेखनाथ जेसीजकाे आयाेजनामा बुधबार व्यक्तित्व विकास तालिम भएकाे छ । पोखरा महानगरपालिका २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा तालिक भएकाे हाे ।
लेखनाथ जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी कृष्ण तिवारीको अध्यक्षतामा भएकाे तालिमको सहजीकरण लेखनाथ जेसीजको मातृ शाखा पोखरा जेसीज बर्ष १९९४ का अध्यक्ष श्रि नारायण शर्माले गरेका थिए ।
तालिममा लेखनाथ जुनियर जेसीज बर्ष २०२५ की जु जेसी मिरा पौडेल, लेखनाथ जेसीज बर्ष २०२५का शाखा सम्पादक जेसी शुशिल ढुंगानाले, जुनियर जेसीज बर्ष २०२५ की अध्यक्ष जु जेसी शोभा केसी, त्रिवेणी इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख यदुराज आचार्य, स्वच्छन्द आत्रेय, लेखनाथ उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य बाबुराम गिरी, जेसीजका अध्यक्ष जेसी कृष्ण तिवारी लगायतले बाेलेका थिए ।
संस्थाका महासचिव जेसी सब्रेन्द्र न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा कलेजका विद्यार्थीहरुकाे सहभागिता थियाे ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया