विदेश नीतिमा विद्यावारिधि गरेका डा. भीमनाथ बराललाई सम्मान

पोखरा । पृथ्वीनारायण क्याम्पस, पोखराको राजनीति विज्ञान विभागले आज एक विशेष कार्यक्रम आयोजना गरी विभागका सह–प्राध्यापक तथा बी.ए.एल.एल.बी. कार्यक्रम निर्देशक डा. भिमनाथ वराललाई सम्मान गरेको छ। डा. बरालले “सानो शक्ति राष्ट्रका रूपमा नेपालको विदेश नीति” शीर्षकमा विद्यावारिधि प्राप्त गरेका हुन्।
कार्यक्रममा विभागका पूर्वप्रमुख प्रा.डा. उमनाथ वरालले विद्यावारिधि जस्तो जटिल, गहन र चुनौतीपूर्ण तहमा पुगेका डा. वराललाई बधाई दिँदै, यस अनुसन्धानले नेपाल जस्ता साना राष्ट्रहरूको विदेश नीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
डा. वरालले आफ्ना धारणा राख्दै भने, “नेपाल सानो राष्ट्र हो भन्ने सामान्य बुझाइ भए पनि, यसका आन्तरिक स्रोतहरू, राजनीतिक शक्ति र नरम शक्तिको प्रयोगले नेपाललाई सशक्त बनाउन सकिन्छ।” उनले थपे, “नरम शक्ति नेपालको मुख्य विशेषता हो, जसलाई विकासका लागि समुचित ढंगले प्रयोग गर्न आवश्यक छ।”
कार्यक्रममा विभागीय सदस्यहरू प्रा. लालबहादुर कुँवर, प्रा. ठानबहादुर क्षेत्री लगायतले पनि शुभकामना व्यक्त गर्दै, डा. वरालको शोध कार्यले विभागलाई शैक्षिक तथा प्राज्ञिक उन्नयनतर्फ अग्रसर गराउने बताए।
सो अवसरमा राजनीति विज्ञान विभागको जर्नलको नियमितता, विभागीय अनुसन्धान कार्यशालाको समिक्षा तथा क्याम्पसको समग्र शैक्षिक प्रगतिको विषयमा पनि छलफल भएको थियो।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया