पेस्तोलसहित दुई युवा पक्राउ

समाधान संवाददाता २०८२ जेठ ९ गते १६:४६

तनहुँ ।
पृथ्वी राजमार्ग सडक अन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट बिहीबार पेस्तोलसहित २ युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका ७ गौरी नगर निवासी ३२ वर्षीय विजय तिवारी र नवलपरासी बर्दाघाट सुस्ता गैँडाकोट नगरपालिका १२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल रहेका छन् ।


मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ को मोटरसाइकल जाँच गर्ने क्रममा अमेरिकामा बनेको ७७१ लेखिएको पेस्तोलसहित म्याग्जिन १ थान र गोली १ थान बरामद गरिएको हो ।


उक्त मोटरसाइकलको पछाडि सवार ढकालले बोकेको झोलाबाट पेस्तोलसहित दुई युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया