मझेरी सहकारीको अध्यक्षमा महेश

समाधान संवाददाता २०८२ जेठ ९ गते १६:४८

पोखरा ।
मझेरी बचत तथा ऋण सहकारीको अध्यक्षमा महेश कार्की सर्वसम्मत भएका छन् । बिहीबार भएको अधिवेशनबाट अध्यक्ष कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

Advertisement


उपाध्यक्षमा पशुपति पौडेल, सचिव पार्वती बास्तोला, कोषाध्यक्ष एकेन्द्र कुँवर र सहसचिवमा कोपिला श्रीष छन् । सदस्यमा उमाकुमारी थापा, महेन्द्रबहादुर कुँवर, हेमन्त ढकाल, विमादेवी विक, दिलकुमारी घर्ती, सुशीला कार्की, सरिता कार्की र राजेन्द्र ढुंगाना चयन भएका हुन् ।


अधिवेशनमा संस्थाका पूर्वअध्यक्ष रामचन्द्र कुँवरले सहकार्य र पारदर्शिताको परम्परा नयाँ समितिले अझ सशक्त बनाउने विश्वास व्यक्त गरे । संस्थापक अध्यक्ष गनेस पौडेलले प्रारम्भिक संघर्ष र उद्देश्यहरु स्मरण गर्दै सहकार्यको भावना अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए ।


निर्वाचन उपसमिति संयोजक तथा पूर्वअध्यक्ष बाटुकृष्ण कुँवरले सबै उम्मेदवार सर्वसम्मत चयन हुनु संस्थामा एकता र विश्वासको प्रतीक भएको बताए । पदस्थापन कार्यक्रमको सञ्चालन रामजी पौडेलले गरेका थिए भने कार्यक्रममा पोखरा महानगरपालिकाको सहकारी विभाग, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी र सेयर सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।


नवनिर्वाचित अध्यक्ष कार्कीले सेवामा गुणस्तर, वित्तीय अनुशासन र प्रविधिमैत्री प्रणालीलाई प्राथमिकतामा राख्दै सहकारीको कार्यदिशालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया