संसदीय अभ्यास र पत्रकारिताबारे अभिमुखीकरण

पाेखरा ।
संसदीय पत्रकार मञ्च गण्डकीले संसदीय अभ्यास र पत्रकारिताबारे अभिमुखीकरण
कार्यक्रम गरेकाे छ । शनिबार प्रदेश सभाकाे अर्थ तथा विकास समितिकाे सभाहलमा संसदसँग जोडिएका विभिन्न समितिका पदाधिकारी, दलका सचेतक तथा पत्रकारहरूको सहभागितामा कार्यक्रम भएको हो ।
संसदीय अभ्यास पुस्तकका लेखक आरआर क्याम्पस पत्रकारिता विभागका प्रमुख डा. जगत नेपालले प्रस्तुति दिएका थिए। उनले नेपालको संसदीय अभ्यास र पत्रकारिताको इतिहासबारे चर्चा गरे । गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले पनि गण्डकीमा बनेका कानुन, कार्यन्यवयनको अवस्थाबारे सहजीकरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले पत्रकारितालाई संसद र जनताको सेतु बनाउनुपर्ने उल्लेख गर्दै समाजमा चुनौती थपिएकाे बताए । उनले संरचनात्मक सुधार हुँदै गरेको जानकारी दिए। ‘जनताको अपेक्षा विकास हो, तर संसदको धर्म नीति निर्माण हो। त्यही कुरा जनतालाई बुझाउने जिम्मेवारी तपाईंहरूको हाे,’ उनले भने ।
उपसभामुख विनाकुमारी थापाले संसदको प्रमुख कार्य नीति निर्माण भएको उल्लेख गर्दै पत्रकारलाई विकास निर्माणप्रति मात्र जनताको ध्यान केन्द्रित नगराई नीति निर्माणप्रति पनि सचेत गराउनुपर्ने बताइन्।
सहभागी दलका प्रमुख सचेतक, समितिका सभापतिले संसदको कार्यप्रति रिपोर्टिङ गर्दा सामाजिक सञ्जालमा आउने टिप्पणीलाई आधार नबनाउन आग्रह गरे । ब्रेकिङ न्यूजको प्रतिस्पर्धामा सामाजिक सञ्जाल हाबी भएको उल्लेख गर्दै मुलधारका मिडियाले अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
सार्वजनिक लेखा समितिका सभापति सुधिर पौडेलले पत्रकारिताको महत्त्व औंल्याए । ‘पत्रकारिता भनेको सजिलो काम होइन। तर पनि निष्पक्ष र सन्तुलित हुनुपर्छ,’ उनले भने । उनले सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारितामाथि प्रश्न उठ्न थालेको जिकिर गरे।
राप्रपाकी प्रमुख सचेतक विन्दु पौडेलले पत्रकारिता जनतालाई सचेत र सत्तालाई प्रश्न गर्नुपर्नेमा जोड दिइन । उनले वर्तमान संविधान स्वीकार गरेर संसदमा काम गरिरहेको उल्लेख गर्दै पत्रकारहरू सत्य र तथ्यमा आधारित रहेर मात्र समाचार लेख्न आग्रह गरिन्।
संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य बासु पौडेलले गरेका थिए ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया