मादी पुलबाट मध्यरातमा जीप खस्यो, ३ युवाको ज्यान गयो
समाधान संवाददाता
२०८२ जेठ ११ गते ६:४१

पोखरा । तनहुँको दमौली नजिकै जोड्ने मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको हो।
पुलको रेलिङ तोड्दै जिप नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा परी व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक रोहित गुट्टा र धिरज रौनिहार मध्ये रौनिहारलाई प्रारम्भिक उपचारपछि पोखरा पठाइएको छ भने गुट्टाको उपचार दमौली अस्पतालमै भइरहेको छ। जिपमा पाँच जना सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
सम्बन्धित









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया