पोखरामा मोबाइल व्यवसायी सम्मानित

समाधान संवाददाता २०८२ जेठ ११ गते २१:५०

पोखरा । मोबाइल तथा इलेक्ट्रोनिक्स क्षेत्रमा सक्रिय डायमण्ड मोबाइल एण्ड इलेक्ट्रोनिक्सले व्यवसायी सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
पोखरा आयोजित कार्यक्रममा मोबाईल व्यवसायीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले बजारमा मन्दीको असर भइरहँदा पनि व्यवसायीहरूको क्रियाशीलता प्रशंसनीय रहेको बताए। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले व्यवसायीले बजारमा चलायमानता ल्याउन ठूलो भूमिका खेलेका बताउँदै यस्ता कार्यक्रमले अझ हौसला दिने दाबी गरे ।
कार्यक्रममा ‘पुकु’ ब्रान्ड अन्तर्गतका नयाँ उत्पादनहरूको सार्वजनिक समेत गरिएको थियो । पुकु ब्रान्ड पोखरा ल्याएका उम्मित श्रेष्ठले डायमण्ड मोबाइलसँगको सहकार्यमा नेपाली बजारमा गुणस्तरीय र भरपर्दो उत्पादनहरू ल्याउने लक्ष्य रहेको बताए । उनले भने, ‘हामीले चार्जर, पावर ब्याङ्क, डाटा केबल जस्ता उत्पादनमा पाँच वर्षको वारेन्टीसहित विश्वासिलो सेवा दिने प्रयास गरेका छौं ।’
नेपाल मोबाइल व्यवसाय महासंघका केन्द्रीय सदस्य विक्रम कडेलले संघीयताको बलमा हामीले मोबाइल व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने बताए । सबै व्यवसायी एकतामा रहेर अघि बढेमा राम्रो नतिजा आउने उनको विश्वास छ ।
चितवन मोबाइल एसोसिएसनका अध्यक्ष श्रीधर रेग्मीले नयाँ प्रोडक्टहरूको प्रदर्शन र बिक्री रणनीतिमा केन्द्रित यस छलफलले सहभागीहरूलाई ग्राहकको विश्वास जित्न र बिक्री बढाउन नयाँ उपायहरूबारे प्रेरणा प्रदान गरेको बताए ।
कार्यक्रमको सञ्चालक समेत रहेका चितवन मोबाइल एसोसिएसनका उपाध्यक्ष रजित अर्यालले व्यवसायमा सहकार्य सेवा सुधार र ग्राहक सन्तुष्टिको महत्त्वबारे आफ्नो धारणा राखे । कार्यक्रममा सहभागी व्यवसायीहरूले आफ्नो अनुभव, चुनौती र ग्राहक गुनासोहरूबारे विचार–विमर्श गरे ।
डायमण्ड मोबाइलका तर्फबाट भविष्यमा यस्ता कार्यक्रम, व्यवसाय अभिवृद्धिका तालिम तथा प्रविधि प्रदर्शनी आयोजना गरिने जानकारी समेत दिइएको छ । कार्यक्रममा विभिन्न व्यवसायी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया