भवन जीर्ण हुँदा बौद्धिक अपांगता भएका विद्यार्थीलाई समस्या
दमौली ।
तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक अपांगता विद्यार्थी अध्ययन गर्ने भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । भवनको छानो चुहिँदा वर्षायाममा पठनपाठनमा समस्या हुँदै आएको छ ।
वर्षायाम सुरु भएको र टिनमा ठूला–ठूला प्वालले पढाउँदा पढाउँदै पानी पर्दा समस्या भइरहेको अपाङ्गता स्रोत कक्षाका शिक्षक शिव ढकालले जानकारी दिए । उनले भने, “कहिले हावाहुरीले छानो उडाइदिन्छ, उडाएको छानो ल्याएर पुनः छाउने काम पनि गर्र्यौ, जस्तापाताको प्वालले पानी चुहिने समस्या छ ।”
गत वर्षको हावाहुरीले भवनको जस्तापाता उठाएको थियो । उडाएको जस्तापाता खोजेर ल्याएर पुनः छाउने काम गरिएको उनको भनाइ छ । विद्यालयको स्रोतकक्षामा ११ जना बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत छन् । धादिङ घर भएका दीपक गुरुङ परिवारसहित पोखरा पुगेका थिए । ज्याला मजदुरी गर्ने उनको परिवार काममा जाँदा बौद्धिक अपाङ्गता उनी बेवारिसे अवस्थामा पोखरा बजारमा भेटिएका थिए । हाल उनी विद्यालयको अपाङ्गता स्रोतकेन्द्रमा आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।
तनहुँका रिमबहादुर नेपाली सानै छँदा बौद्धिक अपाङ्गता भएको थाहा पाएपछि बाबुआमाले छाडिदिएका थिए । हजुरआमाले लालनपालन गरेका उनलाई पछि यहीँ स्रोतकेन्द्रमा ल्याएर भर्ना गरिएको थियो । स्रोतकेन्द्रका कर्मचारी साधन श्रेष्ठका अनुसार यहाँ विभिन्न ठाउँका अपाङ्गता भएका विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।
विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले स्रोत साधन अभावमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने भवनको मर्मत गर्न नसकिएको बताए । उनले विद्यालयमा रिक्त रहेको स्रोत शिक्षक दरबन्दी पदपूर्ति समेत हुन नसकेको बताए ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया