यस्तो छ गण्डकी प्रदेशको बजेटको सिद्धान्त र प्राथमिकता

पोखरा ।
गण्डकी प्रदेश सरकारले आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेको छ । अर्थमन्त्री डा टकराज गुरुङले प्रदेश सभाको सोमबारको बैठकमा सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
बजेट ल्याउनु १५ दिनअघि सिद्धान्त र प्राथमिकता पारित गरिसक्नुपर्ने प्रावधान छ । सदनमा मंगलबार र बुधबार छलफल गरी सिद्धान्त र प्राथमिकता पारित गर्ने र १९ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि विकास कार्यक्रमहरुमा आवश्यक र प्राथमिकताको आधारमा सन्तुलन कायम गर्ने जनाएको छ। कृषि, वन, पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य भौतिक पूर्वाधार क्षेत्रमा आवश्यकताअनुसार बजेट विनियोजन गर्ने सिद्धान्त र प्राथमिकतामा उल्लेख गरिएकाे छ ।
सिद्धान्त र प्राथमिकतामा भनिएकाे छ, ‘प्रदेश सरकारको नीति अनुसार, आगामी वर्षका लागि बजेट निर्माण गर्दा न्यायोचित र परिणाममुखी प्रबन्ध प्रणाली अवलम्बन गरिनेछ। साथै, प्राकृतिक स्रोतको समुचित व्यवस्थापन र उपयोग गरेर प्रदेश र स्थानीय तहले आम्दानी गर्न सक्ने स्रोतको न्यायोचित बाँडफाँट गर्न आवश्यक पहल सुरु गरिने भएको छ।’
‘‘उज्यालो गण्डकी अभियान’लाई निरन्तरता दिइनेछ। राष्ट्रिय प्रसारण लाइन नपुगेका स्थानमा रहेका सामुदायिक लघु जलविद्युत आयोजनाको आवश्यकताको मूल्याङ्कन गरी मर्मत सम्भार कार्यलाई प्राथमिकतामा राखिने छ।’









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया