देवकुमारलाई कारागार चलान गर्न कास्की अदालतको आदेश

पोखरा ।
इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनममिना प्रकरणमा सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले कारागार पठाउन आदेश गरेको छ । नेपाली अहिले सोही सहकारी ठगीको मुद्दामा जिल्ला अदालत बागलुङको आदेशानुसार त्यहाँको जिल्ला कारागारमा छन् ।
नेपालीलाई इमेज सहकारी ठगीमा कास्कीमा पनि छुट्टै मुद्दा थियो । सोही मुद्दामा जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले नेपालीलाई कारागार चलान आदेश गरेको हो । बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीविरुद्ध पोखराकै सूर्यदर्शन सहकारी ठगीमा पनि कास्की जिल्ला अदालतमा मुद्दा चलेको थियो । उक्त मुद्दामा भने हालै अदालतले २० लाख रुपैयाँ धरौटी माग गरेको थियो । नेपाली नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएका हुन् ।
इमेज सहकारीको ठगी मुद्दामा कास्की अदालतले नेपालीलाई पोखरा झिकाएर बयान लिएको थियो । आइतबार बयान सकिएसँगै सोमबार भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको अदालतका सूचना अधिकारी दामोदर आर्चायले जानकारी दिएका हुन् ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा हरिबहादुर खत्रीसमेत १४ जनाको उजुरीका आधारमा कास्की प्रहरीको छानबिन प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय रुपैयाँ हिनामिना गरेको भन्दै नेपालीसँगै १५ जनाविरुद्ध अभियोग पत्र दर्ता गरेको थियो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया