अधिकृत विक्रेता संघ लेखनाथमा निर्मल

लेखनाथ ।
लेखनाथ क्षेत्रमा डिलर लिएर व्यवसाय सञ्चालन गर्दै आएका तथा अधिकृत विक्रेता संघ लेखनाथको अध्यक्षमा निर्मल पौडेल सर्वसम्मत रूपमा चयन भएका छन् । संस्थाको प्रथम साधारण सभा एवम् अधिवेशनले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा नवराज सुवेदी, महासचिवमा सन्तोष बराल, सह–सचिवमा रविन्द्रराज पौडेल, कोषाध्यक्षमा शोभामोहन सुवेदी, सदस्यहरूमा सुशीलराज पोखरेल, श्रीकृष्ण तिवारी, रामजीप्रसाद अधिकारी र सञ्जीव सुवेदी रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि मुरलीधर पौडेलको संयोजकत्वमा सूर्यराज घिमिरे र कविराज खनाल सदस्य रहेका निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल वितरक केन्द्रीय महासंघका अध्यक्ष दुर्गाप्रसाद गौतमले अधिकृत विक्रेताहरूलाई क्रियाशील र जागरूक बनाई व्यवसायको हक–हित सुरक्षा गर्दै व्यवसायीहरूको प्रबन्ध र विकासमा लाग्न सुझाव दिँदै सबै व्यवसायीहरू एक भएर निर्धक्क रूपमा व्यापार व्यवसाय गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै भनिन् ।
नेपाल वितरक महासंघका निवर्तमान अध्यक्ष हरिराज पन्थले व्यवसायिक चेतनाको विकास गर्दै सामाजिक सहभागिता र सहकार्यको आधारमा व्यवसायिक सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासंघका सल्लाहकार गोविन्द कर्मचारी, बजार प्रतिनिधि केन्द्रीय उपाध्यक्ष गोपाल सापकोटा, नेपाल वितरक प्रदेश समिति अध्यक्ष बद्री ढुङ्गाना, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य लगायतले व्यवसायीहरूको हितका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न संस्थाको विकासमा सहयोग पुर्याउने डिलर व्यवसायीहरुलाई प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो भने उपाध्यक्ष नवराज सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यक्रमको सञ्चालन महासचिव सन्तोष बरालले गरेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया