मानव सेवा आश्रमलाई सहयोग

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ७ ले आफ्नो पदस्थापनको अवसर पारेर हेमजास्थित मानव सेवा आश्रममा आर्थिक तथा खाद्य सामग्री सहयोग हस्तान्तरण गरेको छ । २०७९ साल जेठ १२ गते जनप्रतिनिधिहरुले आफ्नो पदभार ग्रहण गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा वडाले आश्रमलाई ४० हजार रुपैयाँ बराबरको सहयोग गरेको हो ।
पदस्थापनको यो तेस्रो वार्षिकोत्सव अवसरमा वडाध्यक्ष राममोहन आचार्यसहित सम्पूर्ण वडा जनप्रतिनिधिको सहभागिता रहेको थियो । वडाध्यक्ष आचार्यले विगत तीन वर्षदेखि भौतिक पूर्वाधार विकास मात्र नभई सामाजिक उत्तरदायित्वस्वरूप मानव सेवामा समेत ध्यान दिएको उल्लेख गर्दै विगत दुई वर्षदेखि मानव सेवा आश्रममा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा वडा सचिव राजेन्द्र पौडेलले केवल खाद्यान्न मात्र नभई आत्मालाई शान्ति मिल्ने खालका कार्यमा सहयोग गरिनु विशेष महत्त्वपूर्ण रहेको बताए । उनले वडाले बेसहारालाई सम्मानजनक जीवनयापनमा मद्दत पुर्याएको भन्दै जनप्रतिनिधिको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मा वडाध्यक्ष राममोहन आचार्यसहित वडा सदस्य बसुन्धरा लामिछाने, विष्णु मणि बराल, सुनिता सुनार र अर्जुनबहादुर भुजेल थापा छन् । मानव सेवा आश्रमका प्रतिनिधिहरूले वडाको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया