शान्तिलाई अन्तर्राष्ट्रिय अवार्ड

समाधान संवाददाता २०८२ जेठ १३ गते ११:३५

पोखरा ।
पोखराकी शान्ति श्रेष्ठ उदासले अन्तर्राष्ट्रिय अर्वाड पाउन सफल भएकी छन् । सिंगापुरमा आयोजित अमेरिकाको प्रतिष्ठित दि इन्टरनेसनल अवार्ड फोरमले उदासलाई ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड प्रदान गरेको हो ।


फोरमले विश्वका बिभिन्न देशका उद्यमी एवम समाजसेवीलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्ने गरेको छ । उदाससँगै अन्य देशका व्यक्तित्वहरु पनि सम्मानित भएका छन् । उदास पोखराको नदीपुरमा महिला तथा युवाको सीप र व्यावसायिक दक्षता अभिबृद्धिका लागि स्थापना गरिएको सारथि केन्द्र तथा सृष्टि क्रियसनको अध्यक्ष हुन् ।


नेवा मिसा पुचका संस्थापक अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ कास्की सचिव, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत महिला उद्यमी विकास समितिमा उनले काम गरिसकेकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया