जुनियर युवा गोष्ठीको तयारी

समाधान संवाददाता २०८२ जेठ १३ गते ११:३७

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले ४२ औं कास्की जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी तथा ३१ औं आवासीय शिक्षक नायक गोष्ठी २०८२ गर्न लागेको छ । नेपाल जुनियर रेडक्रस सर्कल जनप्रिय माध्यमिक विद्यालय सिमलचौर व्यवस्थापनमा आगामी जेठ ३० र ३१ गते गोष्ठी गर्न लागेको रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले जानकारी दिइन् ।


गोष्ठीमा कास्कीका सामुदायिक तथा संस्थागत विद्यालयका जुनियर युवा रेडक्रसका प्रतिनिधि, शिक्षक नायक गरी करिब ४ सय जनाको सहभागिता रहने छ । गोष्ठीमा समुदाय, विद्यालय र विश्वविद्यालयमा गठित जुनिय र युवा सर्कल मध्येबाट उत्कृष्ट सर्कल र उत्कृष्ट शिक्षक नायकलाई सम्मान गरिने रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारीले जानकारी दिए ।


कास्की जिल्ला स्तरीय गोष्ठीको तयारीको सन्दर्भमा जनप्रिय माविमा भएको कार्यक्रममा रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, उपसभापति रमा कोइराला न्यौपाने, उपमन्त्री तथा जुनियर तथा युवा सर्कलका संयोजक डिल्लीराम बराल, कोषाध्यक्ष मोहनसिंह खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराल, सर्कलका संरक्षक तथा प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी लगायतले रेडक्रस अभियानको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया