लायन्स डिस्ट्रिक्ट ३२५ एमको क्याबिनेट बैठक चीनको छेन्दुमा

समाधान संवाददाता २०८२ जेठ १३ गते १५:१३

पोखरा ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एमको चौथो क्याबिनेट बैठक छिमेकी राष्ट्र चीनको छेन्दुमा बस्ने भएको छ । यसका लागि पोखराबाट १ सय ५४ जनाको टोली चीनको छेन्दुका लागि मंगलबार उडेको छ । पोखरा र नेपालको पर्यटन प्रवद्र्धनका साथै पोखरा छेन्दु उडान सुरक्षित छ भन्ने सन्देश दिनका लागि यस्तो खालको कार्यक्रम गरिएको डिस्ट्रिक्ट गभर्नर चण्डिप्रसाद अर्यालले बताए ।

काठमाडौंबाट आएको ३५ जनासमेतको टोलीले सिचुआन एअरलाइन्सको जहाज नै चार्टर गरेर छेन्दुका लागि उडेको हो । टोलीले क्याबिनेट बैठकका अतिरिक्त चीनका विभिन्न सहरमा नेपाल र पोखराको प्रचारप्रसार समेत गर्ने छ । विद्युतीय द्रुत रेलयात्राका साथै टोलीले ग्रेटवाल लगायतका स्थानको समेत अवलोकन गर्ने डिस्ट्रिक्टका इलेक्ट द्वित्तीय उपाध्यक्ष किशोर बरालले जानकारी दिए ।

Advertisement

गभर्नर चण्डिप्रसाद अर्याल नेतृत्वको टोलीमा इलेक्ट गभर्नर धनीराम बराल लगायत डिस्ट्रिक्टका पदाधिकारी र सदस्यहरु सहभागी रहेको को चिफ एड्भाइजर उमानाथ बरालले जानकारी दिए ।

हाल नेपालमा लायन्सका १५ डिस्ट्रिक्ट छन् । तीमध्ये डिस्ट्रिक्ट एमले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा विभिन्न खाले रेकर्ड तोड्दै आएको छ । डिस्ट्रिक्ट एमकै आयोजनामा २ साताअघि पोखरामा अन्तर्राष्ट्रिय स्तरको आमन्त्रण भलिबल प्रतियोगिता गरेको छ ।

Advertisement

सिचुआन एअरलाइन्सले चैत ४ गतेबाट पोखरामा चार्टर उडान थालेको छ । पोखराका मानिसलाई चीन र चीनका मानिसलाई पोखरा लैजाने ल्याउने प्रयोजनका लागि चार्टर थालिएको हो ।

तपाईको प्रतिक्रिया