‘तिम्रो आगमन’ सार्वजनिक, १ मिलियनभन्दा बढी भ्यूज

समाधान संवाददाता २०८२ जेठ १३ गते १५:१९

पोखरा ।
किरण पुनको नयाँ गीत ‘तिम्रो आगमन’ सार्वजजिक भएको छ । गीतमा पल शाह र सुरक्षा इटानीको अभिनय रहेको छ ।

Advertisement


तीन हप्ता अघि किरण पुनको नाममा रहेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले हालसम्म १ मिलियनभन्दा बढी दर्शकको मन जितिसकेको छ । दर्शकबाट गीतले सकारात्मक प्रतिक्रिया पाएको छ ।


गीतमा शब्द, संगीत र स्वर किरणकै छ भने मेलिना राईको पनि स्वर रहेको छ । भिडीयो निर्देशन सुनिल विकले गरेका हुन् ।
म्याग्दीको मंगला गाउँपालिका ५ छिस्बाङमा जन्मेका पुन पोखरामा रहेर कलाकारिता क्षेत्रमा सक्रिय रुपमा लागेका छन् ।

Advertisement

उनी लायन्स क्लबका सदस्य हुन् । उनले टिकटक अनलाइनसप सञ्चालन गरेका छन् साथै सामाजिक कार्यमा पनि उनी सक्रिय छन् ।

Advertisement

तपाईको प्रतिक्रिया