सेनेटरी प्याड बनाउने तालिम

जोमसोम ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाकाले महिला तथा किशोरीलाई लक्षीत गरी महिनावारी हुँदा प्रयाेग गरिने सेनेटरी प्याड बनाउने तालिम दिएको छ ।
ड्रोक्पो नेपालको प्राविधिक व्यवस्थापन र कन्सेफ कनेक्सन नेपाल (सिसिएन)को आर्थिक सहयोगमा भएकाे तालिम साेमबार सकिएकाे छ । ‘महिनावारी स्वास्थ्य स्वच्छता, व्यवस्थापन र प्याड प्रशिक्षण’ कार्यक्रम सञ्चालन गरिएको हो ।
पुन प्रयोग गर्न मिल्ने गरी कपडा सेनेटरी प्याड बनाउने तालिम दिइएको ड्रोक्पो नेपाल संस्थाकी कार्यक्रम निर्देशक सोनाम डोल्पा लामाले जानकारी दिइन् । उनका अनुसार लोघेकरका घमी, घिलिङ, ताङ्ग्या र यारा लगायत गाउँले सहयाेग गरेका थिए ।
२६ वैशाखदेखि १३ जेठसम्म १५ दिनसम्म तालिम सञ्चालन गरिएकाे लामाले जनाइन् । तालिमका लागि ड्रोक्पो नेपालबाट दुईजना र एक जना प्याड प्रशिक्षकका रुपमा पेमा याङ्जी गुरुङ खटिएका थिए ।
तालिमको उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले उद्घाटन गरेकी थिइन् । तालिममा सहभागीलाई पुनः प्रयोग गर्न मिल्ने किटहरु कपडा प्याड, अन्डरवेयर, साबुन र पानी समेतको व्यवस्था गरिएको प्रशिक्षक गुरुङले बताइन् ।
महिना हुँदा सरसफाइमा ध्यान पुर्याउन गरी सेनेटरी तालिम लिने अवसर पाउँदा खुसी अनुभव भएको लोघेकर दामोदरकुण्ड—१ मराङकी स्थानीय कच्र्युङ गुरुङले बताइन् । कार्यक्रममा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टकाे उपस्थिति थियाे ।
तपाईको प्रतिक्रिया