गण्डकी प्रदेशको यातायात नियमावली खारेजीको माग गर्दै देशभर यातायात ठप्प पार्ने चेतावनी व्यवसायी र मजदुरको आन्दोलनको चेतावनी

पोखरा ।
गण्डकी प्रदेश सरकारले ल्याएको सवारी तथा यातायात व्यवस्था नियमावली २०८० को विरोधमा यातायात व्यवसायी र मजदुर संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन्। उनीहरूले नियमावली संघीय सवारी ऐन, २०४९ सँग बाझिएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र एकीकृत ट्रेड युनियन महासंघ गण्डकी लगायतका आठ संगठनहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी १७ बुँदे मागपत्र सार्वजनिक गरेका छन्। मागहरूमा निजी सवारीसाधनलाई सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न दिने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीको आयु सीमा हटाउनुपर्ने, राइड सेयरिङ सेवालाई कानुनी मान्यता नदिनुपर्ने लगायतका विषयहरू समेटिएका छन्।
महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले नियमावलीको दफा २ को ‘ज’ तत्काल खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। साथै, सवारी ऐन २०४९ मा व्यवसायी र मजदुरसँग भएका विगतका सम्झौता समेट्नुपर्ने, मालबाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारीसाधनको भारवहन क्षमता कडाइका साथ लागू गर्नुपर्ने माग पनि उठाइएको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मागहरू सम्बोधन नभए जेठ १९ गतेदेखि देशव्यापी अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी दिए। उनले निजी सवारीलाई यात्रु ओसारपसार गर्न दिने नियमले व्यवसायीहरू समस्यामा परेको बताए।











जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया