प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न वितरण

पोखरा ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ । प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेका कुष्टरोग प्रभावितलाई खाद्यान्न सहयोग गरिएको हो ।
कार्यक्रममा युनियन, कास्की अध्यक्ष वासुदेव मिश्र, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीसँगै कार्यसमितिका पदाधिकारी र सदस्यले चामल, दाल, चिनी, नुन, चाउचाउ, बिस्कुट लगायत प्रदान गरे । कार्यक्रममा युनियन गण्डकी प्रदेश अध्यक्ष अधिकारीले श्रमजीवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले काम गर्दै आएको बताए । पत्रकारको हकहित र पेशागत अधिकार रक्षाका लागि अन्य संघ, संस्थासँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ ।
पोखरा आरोग्य आश्रमका अध्यक्ष सुवास तझ्याले पत्रकारिताको माध्यमबाट मुलुकको भलो गर्ने पत्रकारको संस्थाको स्थापना दिवसमा मनाइने कार्यक्रमले आगामी दिनमा अझ राम्रा कार्यक्रमका साथ अघि बढ्न प्रेरणा मिल्ने बताए । आश्रमका बारेमा जानकारी दिँदै उनले पछिल्लो समय कुष्ट प्रभावितहरु बढ्दै गएको बताए ।
प्रभावित बढिरहेको अवस्थामा सरकारले यसको रोकथाम र जनचेतनामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । जनचेतनाका कारण पनि कुष्ट प्रभावितहरु खुल्न थालेकाले यसको संख्या बढेको उनले सुनाए । आरोग्य आश्रममा केही समस्या भए पनि समस्यालाई चिर्दै आगामी दिनमा अझ राम्रो गतिविधि गर्दै जाने उनले जानकारी दिए ।
प्रेस युनियन कास्की अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्योति हमाल र सचिव धनबहादुर गुरुङले पनि बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया