नागरिक लगानी–रत्न पोलिक्लिनिक सम्झौता

समाधान संवाददाता २०८२ जेठ १४ गते १०:०३

पोखरा ।
नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एन्ड मेडिकल सेन्टरबीच उपचारमा छुट दिने सम्झौता भएको छ । अब कोषमा काम गर्ने कर्मचारी, सञ्चालक र उनीहरूका परिवारले पोलिक्लिनिकका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।


सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र रत्न पोलिक्लिनिकका प्रबन्ध निर्देशक प्रवेशचन्द्र उप्रेतीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ल्याब टेस्ट, बेड चार्ज, फार्मेसी, अल्ट्रासाउन्ड, इसिजी र एक्स–रे सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।


यस सम्झौताले कोषसँग जोडिएका कर्मचारी र परिवारका लागि स्वास्थ्य सेवा सजिलो र किफायती हुने अपेक्षा गरिएको छ । साथै, कोषले आफ्ना कर्मचारीको हितका लागि गर्दै आएका प्रयासमा यो सम्झौताले थप योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया