टाइगर कपबाट २१ लाख बचत, टिकटबाट मात्र ५७ लाख आम्दानी

पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट आयोजकले २१ लाख रुपैयाँ बचत गरेको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबाट २१ लाख १ हजार ६ रुपैयाँ बचत गरिएको जानकारी दिएको हो । संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिताबाट १ करोड ७१ लाख ८९ हजार आम्दानी भएकामा १ करोड ५० लाख ८८ हजार खर्च कटाई उक्त रकम बचत भएको जानकारी दिए ।
आयोजकले आम्दानीतर्फ टिकटबाट मात्र ५७ लाख ३९ हजार ४४६ रुपैयाँ आम्दानी गरेको अध्यक्ष शर्माले जानकारी दिए । यस्तै मुख्य प्रायोजक एनसेलले १७ लाख, सहप्रायोक सुश्री मिडिया प्रालिले १६ लाख, प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाले १०÷१० लाख रुपैयाँ दिएको थियो ।
पुरस्कार तथा प्रोत्साहनमा मात्रै २२ लाख ३९ हजार खर्च गरेको छ । सहभागी टिम तथा यातायातमा नेपाली टिमतर्फ २४ लाख १० हजार र विदेशी टिमतर्फ ३५ लाख १७ हजार खर्च गरको छ ।
संस्थाका अध्यक्ष शर्माले बचत बचत सामाजिक सेवामा समर्पित तथा स्वास्थ्य, शिक्षा एवं खेलकुद अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यसपालि संस्थाले प्रदेश खेलकुद परिषद् गण्डकीलाई खेलाडी कल्याणकारी कोषका लागि १ लाख ५० हजार प्रदान गरेको उनले जानकारी दिए ।
प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल कोर्टमा गत माघ १२ देखि २० सम्म चलेको थियो । उक्त प्रतियोगितामा भारत र थाइल्यान्डको टिमसहित पुरुषतर्फ ६ र महिलातर्फ ६ टिमले भाग लिएका थिए ।
नेपाल भलिबल संघको संयोजनमा भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले उपाधि जितेको थियो ।





भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया