सिद्धार्थ क्लबको स्टेशनरी सामग्री तथा झोला सहयोग

पोखरा ।
सिद्धार्थ क्लब पोखराले बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका २८ जना विद्यार्थीहरुलाई स्टेसनरी सामग्री तथा झोला वितरण गर्ने कार्यक्रम बगालेटोलस्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा गरेको छ ।
सिद्धार्थ क्लबले सामाजिक क्षेत्रमा राम्रो कामहरु गर्दै गइरहेको भनाइ राख्दै पोखरा महानगरपालिका वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष हिराकाजी श्रेष्ठले वडा कार्यालय बाट क्लबका सामाजिक गतिविधिहरु सञ्चालन गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थ क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले क्लबले महिला, स्वास्थ्य र वातावरणका साथै बाल, शैक्षिक क्षेत्रमा विगतदेखि कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सन्दर्भमा नियमित कार्यक्रम अनुरुपको स्टेशनरी तथा झोला वितरण कार्यक्रमले विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले विद्यार्थीको शैक्षिक यात्रामा शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने चर्चा गर्दै शिक्षकहरुलाई गम्भिरताका साथ शैक्षिक कार्यमा लाग्नुहुन अनुरोध गरिन् । साथै उनले स्थानीय निकायहरु बाट सहयोग भएमा संघ संस्थाहरुलाई सामाजिक कार्यमा थप हौसला मिल्ने भनाइ राखिन् । जनजागृती मावि सराङकोटका शिक्षक कृष्णप्रसाद तिमिल्सिनाले क्लबले विगतमा गरेका सामाजिक कार्यहरुको स्मरण गराउँदै बृहत र ओझीला कार्यक्रमहरु मार्फत क्लबको गरिमालाई निरन्तरता दिन अनुरोध गरे ।
कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गतका विध्यार्थीहरुलाइ आवश्यक एक एक वटा विद्यालय झोला, कापी, पेन, पेन्सिल, इरेजर, कटर, ड्रइङ कपी लगायतका शैक्षिक सामग्री सहयोग गरिएको थियो । क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गरेके कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए ।
तपाईको प्रतिक्रिया