रोहितलाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

पोखरा ।
यस वर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिस बमोजिम नयाँ पत्रिका दैनिकमा कार्यरत पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो ।
पुरस्कारको राशि २५ हजार नगद र सम्मानपत्र छ । उनलाई यही जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा सम्मान गरिनेछ । अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने पत्रकारलाई ३ जुन अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवस दिन प्रदान गर्ने गरिन्छ ।
प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङ र सदस्यमा आयोजक समितिका कानुनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक पत्रकार टंकराज अधिकारी, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरुङ छन् । यसअघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार, दोस्रोपटक रुपनारायण ढकाल र सन्तोष पोखरेल सम्मानित भइसकेका छन् ।







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया