लायन्स डिस्ट्रिक्ट ३२५ एमको क्याबिनेट बैठक छेन्दुमा सकियो

समाधान संवाददाता २०८२ जेठ १५ गते १६:१८

पोखरा ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम नेपालको चौथो क्याबिनेट बैठक चीनको बहु सांस्कृतिक प्रदेश सिचुवानको राजधानी छेन्दु स्थित होटल सेलिब्रिटीको सभाहलमा भएको छ ।

डिस्ट्रिक्ट गभर्नर लायन चन्डीप्रसाद अर्यालको सभापतित्व तथा पोखरा महानगर पालिकाका प्रमुख एवं पूर्व गभर्न धनराज आचार्यज्युको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकार सिचुवानका लागि महा वणिज्यदूत सुरेश राउत, इलेक्ट गभर्नर धनिराम बराल, सिचुवान पावर ईन्जिनियर कम्पनी लिमिटेडका महाप्रवबन्धक भिभी लि, नेपाल रेडक्रस सोसाइटी कास्कीका नि-सभापति डन्डराज पौडल, छेन्दुस्थित पान्डा लायन्स क्लवका अध्यक्ष गन लु यु, सुजनकुमार श्रेष्ठ, प्रेमबहादुर क्षेत्री लगायतले बोलेका थिए ।

Advertisement

करिब २ सय जना लायन लिडर्स तथा सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा क्याबिनेट सेक्रेटरी शिवराज आचार्यले सचिवको प्रतिवेदन तथा क्याबिनेट ट्रेजरर लायन शम्भुराज बास्तोलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया