गणतन्त्र दिवसको पावन अवसरमा कक्षाकोठामा अन्तरक्रिया

पोखरा ।
गणतन्त्र दिवसको पावन अवसरमा बिहीबार पोखरा महानगरपालिका अन्तर्गत वडा नं. १३ मा रहेको भद्रकाली माध्यमिक विद्यालय कुँडहर मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि गणतन्त्र दिवस, विद्यार्थी र हाम्रो दायित्व विषयक अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा विद्यालयका सामाजिक अध्ययन शिक्षक राजेन्द्र भण्डारीको अध्यक्षतामा सुरू भएको अन्तरक्रिया कार्यक्रममा गणतन्त्रको अवधारणा, नागरिक कर्तव्य तथा विद्यार्थीहरूले निर्वाह गर्नुपर्ने सामाजिक जिम्मेवारीबारे छलफल गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्रोत व्यक्ति इतिहासविद डा. ज्ञानबहादुर कार्कीले गणतन्त्रको इतिहास, नेपालमा यसको स्थापनाको पृष्ठभूमि र गणतन्त्रबाट नागरिकले प्राप्त गरेका अधिकारबारे प्रकाश पारे । गणतन्त्रलाई बलियो, सबल र संस्थागत बनाउनका लागि हामी सबै मिलि हातेमालो गर्दै देश विकासमा जुट्नु पर्ने उनको भनाइ थियो ।
विद्यार्थीहरूले सचेत, जिम्मेवार र अनुशासित नागरिकका रुपमा आफुलाई तयार पार्नुपर्ने कुरामा उनले जोड दिए । कक्षा १० मा अध्ययनरत विद्यार्थीद्वारा आयोजित कार्यक्रमको समापन गर्दै अध्यक्षता गरेका शिक्षक राजेन्द्र भण्डारीले धन्यवाद ज्ञापन गर्दै यस्ता गतिविधिहरूले विद्यार्थीको समग्र शैक्षिक विकासमा योगदान पुर्याउने बताए । आगामी दिनमा अझै यस्ता रचनात्मक कार्यलाई कक्षाकोठाबाट अगाडि वढाउदै लैजाने योजना उनले सुनाए ।










‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया