पाकिस्तान राजदूतवासको वक्तृत्वकला प्रतियोगितामा पोखराकी प्राप्ति लम्साल प्रथम

पोखरा ।
पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् ।
“पढाइको भविष्यः किताब कि बाइट्स ? विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान अध्ययन संस्था, पोखराकी छात्रा प्राप्ति लम्सालले उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान प्राप्त गर्न सफल भएकी हुन् । उनले नगद ४० हजार , गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यसैगरी सो प्रतियोगितामा शिवपुरी कलेज काठमाडौंकी रीता काफ्ले दोस्रो र सेंट जेभियर स्कुल जावलाखेलका रितेश देवले तेस्रो स्थान हासिल गरेका छन् । विजेताहरूलाई पदक, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। अन्य उत्कृष्ट वक्ताहरूलाई पनि विशेष पुरस्कार वितरण गरिएको थियो । उनीहरुले क्रमश नगद तीस हजार, बीस हजार प्राप्त गरेका छन् ।
दूतावासले “कृत्रिम बुद्धिमत्ता र मानव जातिको भविष्य” विषयक १२ औं निवन्ध प्रतियोगिता पनि सम्पन्न गरेको थियो । निवन्ध प्रतियोगितामा विवेक निकेतन सेकेन्डरी स्कुलल काठमाडौंका प्रतिक पोखरेल प्रथम, सोही विद्यालयका आयुष शाह दोस्रो र सेन्ट जोसेफ इलिंस एकेडेमीका सन्जोक मगरले तेस्रो स्थान हासिल गरि स्वर्ण रजत र कास्य पदक सहित नगद पुरस्कार प्राप्त गरेका थिए । साथै अन्य उत्कृष्ट १० लाइ पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
२ सातासम्म चरणबद्ध रूपमा सञ्चालन भई बुधबार एक विशेष समारोहबीच समापन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधेसी आयोग नेपालका संस्थापक प्रमुख आयुक्त डा. विजय कुमार दत्तले पाकिस्तानको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा भइरहेको सहयोगको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले नेपाल–पाकिस्तानबीचको सम्बन्ध बलियो बनाउन योगदान पुर्याउने बताए ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्दुल्ला हारुन अल हाश्मीले युवा विद्यार्थीहरूमा समसामयिक विषयमा चिन्तन गर्ने क्षमता विकास गर्न यस्ता प्रतियोगिता महत्त्वपूर्ण रहेको उल्लेख गरे । विगत १२ वर्ष र ८ वर्ष देखि संचालित यस्ता प्रतियोगिताहरू नेपाली युवामाझ लोकप्रिय बन्दै गएको उनको भनाइ थियो । देशभरका विद्यालय तथा विश्वविद्यालयबाट सहभागिता जनाउँदै आएका विद्यार्थीहरूद्वारा यस्ता प्रतिस्पर्धाले दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया