मुस्ताङमा साइकल र घोडा र्याली

जोमसोम ।
पर्यटन प्रवर्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा शुक्रबार संयुक्त साइकल तथा घोेडा ¥याली आयोजना गरिएको छ । जलवायु संकटले समग्र मानव सभ्यतामै प्रतिकूल असर पु¥याएको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक प्रथम साइकल तथा घोडा ¥याली आयोजना गरिएको हो ।
घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकलयात्री टोली मुस्ताङमा सहभागी भएको कार्यक्रममा सहभागी बनेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । पहिलो पटक आयोजना गरिएको साइकल ¥यालीमा २३ जिल्लाका ३६२ जनाले उत्साहजनक रूपमा सहभागिता जनाएका छन् ।
‘हाम्रो उद्देश्य भनेकै यहाँको पर्यटन प्रवर्धन गर्नु हो, दूरदराजमा रहेका गाउँलाई समेत साइकल तथा घोडा ¥यालीले चिनाउने हाम्रो ध्येय हो’, अध्यक्ष लालचनले भने, ‘हामीले अपेक्षा गरेभन्दा बढी देशभरबाट साइकल टोली मुस्ताङमा आउनुभएको छ, कार्यक्रममार्फत जलवायु संकट न्यूनीकरण र कार्बन उत्सर्जन कम गर्ने विकल्प प्रस्तुत गर्न खोजेका हौं ।’
समुन्द्री सतहदेखि ३ हजार मिटर अग्लो उचाइमा पदयात्रा गर्न पाउँदा सहभागी निकै नै उत्साहित भएका छन् । कपिलवस्तुबाट सहभागी वाराङ्गा साइकल राइडर विष्णुप्रसाद सापकोटाले मुस्ताङमा पहिलो पटक साइकल यात्रा गर्न आएको जानकारी दिए । यहाँको पर्यटन प्रवर्धन तथा वातावरण स्वच्छताका साथै साइकल संस्कृतिको विकासमा टेवा पुर्याउने गरी साइकल सिटी पोखराको समन्वयमा मुस्ताङ आइपुगेको उनले बताए ।
‘हिमालै हिमाल भएको मुस्ताङमा साइकल यात्रा गर्न पाउनु अहोभाग्य हो । यति ठूलो कार्यक्रम यहाँ आयोजना हुँदा यहाँको पर्यटन संस्कृतिको विकासका साथै जलवायु संकट न्यूनीकरण गर्न धुवाँ, धुलो र इन्धनरहित सवारीसाधन प्रयोगमा अभिप्रेरित गर्ने पनि हामीहरूको उद्देश्य हो’, राइडर सापकोटाले भने ।
साइकल चढ्ने संस्कृतिले मानव स्वास्थ्यमा सहयोग पुग्ने, कार्बन उत्पादन घटाउने र आर्थिक विकासमा समेत टेवा पु¥याउने साइक्लिङ क्लब नेपालगञ्जका सल्लाहकार रमेश मल्लले बताए । ‘हामी त १५० मिटरको उचाइमा थियौँ, यहाँको उचाइ त ३ हजारभन्दा बेसी रहेछ । केही अक्सिजनको कमी महसुस भए पनि यहाँको सौन्दर्यले सबै बिर्साइदिएको अनुभूति भएको छ’, मल्लले भने । घोडा र साइकल संस्कृतिले पर्यावरण जोगाउन निकै ठूलो योगदान पु¥याउने मल्लको भनाइ छ ।
स्थानीय कर्म गुरुङले जलवायु संकट न्यूनीकरणसँग जोडेर पर्यटन प्रवर्धन गर्ने यस खालको कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह भएको धारणा राख्नुभयो । ‘मुस्ताङमा महत्वपूर्ण चाडपर्व यार्तुङ, तिजी र धज्याङ पर्वहरूमा घोडा चढेर दौडने र तारो हान्ने खेल खेलिन्छ, यो हाम्रो संस्कृति र मौलिकता पनि हो,’ उनी भन्छन्, ‘पछिल्लो समय जलवायु संकटका कारण हिमालहरू निकै जोखिममा छन्, यसले यहाँको पारिस्थितिक प्रणाली र कृषि, पर्यटन र वातावरण क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष क्षति परिरहेको छ ।’
यसअघि गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साइकल तथा घोडा ¥यालीको संयुक्त रूपमा उद्घाटन गरेका थिए । सहभागी टोलीलाई मुस्ताङकोे जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र पुथाङ एअरपोर्टका आमा समूह, क्लब र स्थानीयले स्वागत गरेका थिए ।
गाउँपालिका अन्तर्गतका पाँचवटै वडाका गाउँ परिक्रमा गर्ने गरी २५ किलोमिटर दूरी तय गरिएको थियो । र्याली पाँच वटै वडा परिक्रममा गरी गाउँपालिका कार्यालयमा पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए । र्यालीमा ३ सय ६२ साइकल र ३० वटा घोडाको प्रयोग भएका थिए ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया