यातायात व्यवसायीलाई वार्तामा सहभागी हुन: आह्वान

समाधान संवाददाता २०८२ जेठ १८ गते १३:३९

पोखरा ।
राइड सेयरिङसम्बन्धी जारी विवाद समाधान गर्न गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीलाई वार्तामा आउन आग्रह गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारी नेतृत्वको पाँच सदस्यीय वार्ता समितिले आइतबार पत्रकार सम्मेलनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीलाई वार्तामा सहभागी हुन आह्वान गरेको हो । अधिकारीले नियमावली खारेज नभए पनि आवश्यक संशोधनबारे छलफल गर्न सकिने बताए । उनले आन्दोलन स्थगन गरेर वार्तामा आउन व्यवसायीलाई आग्रह गरे ।


गण्डकी प्रदेश सरकारले जेठ १ मा राइड सेयरिङ नियमावली २०८२ जारी गरेपछि विरोधस्वरूप व्यवसायीले जेठ ८ मा ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि मन्त्रालयले जेठ १३ मा वार्ता समिति गठन गरेको थियो । तर जेठ १४ को वार्तामा महासंघले प्रतिनिधि नपठाएको थियो । व्यवसायीले नियमावली खारेज नभएसम्म वार्तामा नबस्ने अडान लिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया