त्रिवेणी इन्टरनेसनल पूर्वविद्यार्थीमा पाण्डे

लेखनाथ ।
त्रिवेणी इन्टरनेशनल कलेज, पोखरा–२७ का पूर्वविद्यार्थीहरूको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसिएसनको अध्यक्षमा असीम पाण्डे निर्वाचित भएका छन् ।
एसोसिएसनको शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सर्वेन्द्र न्यौपाने, सचिवमा सृजना अधिकारी, सहसचिवमा सुजन आचार्य र कोषाध्यक्षमा पविन गौतम निर्वाचित भएका छन् । त्यसैगरी, समितिका सदस्यहरूमा सचिन रानाभाट ‘बलराम’, सृष्टि तिवारी, सलिना घिमिरे र सिमरन रेग्मी निर्वाचित भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै त्रिवेणी इन्टरनेशनल कलेजका सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई पारिश्रमिकसहितको इन्टर्नशिपको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू बजारको पहिलो रोजाइमा पर्ने जनशक्ति भएको उल्लेख गर्दै अध्यक्ष भट्टराईले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए । उनले कलेज निजी क्षेत्रबाट सञ्चालित भए पनि न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिएको बताए । साथै, पूर्वविद्यार्थीहरूलाई कलेजले सिकाइ केन्द्रका रूपमा विकास गरी उनीहरूको सीप र ज्ञान हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, कलेजका पूर्वअध्यक्ष बाबुराम गिरीले पूर्वविद्यार्थी मञ्च कलेजको अभिन्न अङ्ग भएको उल्लेख गर्दै शैक्षिक उन्नयनमा यसको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त थप कार्यक्रमहरू सञ्चालन गर्न अनुमति लिइने जानकारी दिए ।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख यदुराज आचार्य, सञ्चारकर्मी नवराज सापकोटा, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच, त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एसोसिएसनका अध्यक्ष रामकृष्ण लामिछानेले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष सृजना अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव असीम पाण्डेले गरेका थिए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया