पोखरामा अलपत्र परेकालाई प्रहरी स्कटिङ गरी पठाइयो

समाधान संवाददाता २०८२ जेठ १९ गते १४:३४

पोखरा ।
यतायात व्यवसायीले गरेको आन्दोलनबाट पोखरामा अलपत्र परेका यात्रुहरुलाई प्रहरी स्कटिङ गरी गन्तव्यतर्फ पठाइएको छ । पर्यटक बस (हरियो प्लेट) लाई जिल्ला प्रहरी कार्यालय कास्कीले स्कटिङ गरेर पोखरामा अलपत्र परेका यात्रुहरुलाई सुरक्षितरुपमा पठाएको छ।

सोमबार बिहान पोखरा महानगरपालिका वडा नं ७ स्थित पर्यटक बसपार्कमा जम्मा भएका करिब ५६४ जना यात्रुहरुलाई गन्तव्यतर्फ पठाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतको कमाण्डमा खटिएको नेपाल प्रहरी टोली र सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल नं २४ गण, हेक्वा कालिकाबाट खटिएको टोलीको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था मिलाई यात्रुहरुलाई गन्तव्यतर्फ पठाइएको हो।

Advertisement

संयुक्त टोलीको पहलमा पोखराबाट काठमाण्डौंतर्फ जाने १४ वटा सवारी साधन र नारायणगढतर्फ जाने ३ वटा सवारी साधन गरी जम्मा १७ वटा सवारी साधनहरुलाई प्रहरी स्कटिङसहित पठाइएको थियो।

सुरक्षा व्यवस्था मिलाउने, यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै मार्ग सुरक्षित गराउने कार्यमा प्रहरीको सक्रियता देखिएको स्थानीय नागरिकहरुले सराहना गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया