८ विद्यार्थीलाई समुदायिक सेवा केन्द्रको छात्रवृत्ति

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकले सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सो अवसरमा संस्थाको कार्यक्षेत्रमा पर्ने पोखराका वडा नम्बर ८, ९, १० र १५ का श्रम क्षेत्रको जोखिममा रहेका बालबालिकालाई प्रशिक्षणसमेत दिइएको छ ।
सेवा केन्द्रले आफ्नो कार्य क्षेत्रमा पर्ने ७ सामुदायिक विद्यालयका ८ विद्यार्थीलाई सामुदायिक छात्रवृत्ति प्रदान गरेको अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए । सेवा केन्द्रले छात्रवृत्तिका लागि ८ लाख ५० हजारको अक्षयकोष खडा गरेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया र संस्थाका अध्यक्ष श्रेष्ठले विद्यार्थीलाई लत्ता कपडा, झोला, शैक्षिक सामग्री प्रदान गरे । अध्यक्ष श्रेष्ठले कालिका मावि, नवप्रभात मावि नयाँ बजार, सहारा बाल आधारभूत विद्यालय, राष्ट्रिय मावि टुँडिखेल, सिद्ध मावि फलेपाटन, भद्रकाली माविका ती विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए ।
‘सेवा केन्द्रले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘विद्यार्थीको विद्यालयमा वार्षिक रुपमा लाग्ने सबै खर्च खाजा, परिक्षा शुल्कको अलवा पोशाक, स्टेसनरी लगायतका सहयोग गरेका छौं ।’ अध्यक्ष श्रेष्ठले विकृति, विसंगति न्यूनीकरणका लागि सक्रियतापूर्वक काम गरेको संस्थाले शिक्षा र सामाजिक क्षेत्रमा समेत काम गरेको बताए ।
कार्यक्रममा प्रहरी उपरीक्षक ओलियाले नेपालको संविधानमा भएको निशुल्क शिक्षा पाउने मौलिक हक कार्यान्वयन गर्नमा संस्थाले सहयोग गरेको उल्लेख गरे । संस्थाले राज्यले गर्नुपर्ने काम गरेको उल्लेख गर्दै उनले आफ्नै स्रोत र साधन जुटाएर सामाजिक र शिक्षा क्षेत्रमा काम गरेको चर्चा गरे ।
राइट फोर चिल्ड्रेन पोखरासँगको सहकार्यमा भएको प्रशिक्षणमा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकायाले जबरजस्ती करणी, बालयौन दुव्र्यवहार बालविवाह लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा राइट फर चिल्ड्रेनका परियोजना अधिकृत लक्ष्मी गौतम, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका उपाध्यक्ष कुमारी मुना बास्तोला, सचिव उत्तम जोशी लगायतले बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया