पोखराबाट अलपत्र परेका ५६४ यात्रुहरुलाई स्कटिङसहित पठाइयो

समाधान संवाददाता २०८२ जेठ १९ गते १६:३३

पोखरा ।
पोखरामा अलपत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरीले स्कटिङ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ । शनिबार बिहान सबा १० बजे पोखरा महानगरपालिका वडा नम्बर ७ पर्यटक बसपार्कबाट अलपत्र परेका यात्रुहरुलाई गन्तव्यमा पठाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) हरीबहादुर बस्नेतले जानकारी दिए ।


डिएसपी बस्नेतका अनुसार जिल्ला प्रहरीबाट खटिएका प्रहरी र सशस्त्र प्रहरी कालिका गढबाट खटिएको संयुक्त टोलीले यात्रुहरुलाई गन्तव्यमा पु¥याइएको हो ।


यी मध्यृे काठमाडौँतर्फ १४ वटा तथा नारायणगढतर्फ ३ वटा गरी कुल १७ वटा सवारी साधनलाई पठाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया