नासा नेपाल र एटोएभबिच साझेदारी

समाधान संवाददाता २०८२ जेठ १९ गते १८:१८

पोखरा ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र अटोएभ प्रा.लि. संग संघबीच सोमबार प्रिभिलेज सम्बन्धि सम्झौता भएको छ । नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिवालय सदस्य यदुराज लामिछाने र एटोएभका संचालक मदुसुदन सिग्देलले सो सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे ।

एसोसिएसनका नियमित शुल्क बुझाउने सबै किसिमका सदस्यहरु, संघमा सुचिकृत भएका खेलाडी तथा प्राविधिकहरुले वर्कशप सर्भिसमा २० प्रतिशत र सबै किसिमको पार्टस्मा १५ प्रतिशत छुट सुविधा पाउने छन् । सुविधा सबै किसिमका संस्थागत सदस्यहरु, संघमा आवद्ध क्लप तथा कर्पोरेटहरु समेत सो सुविधाको उपयोग गर्न सक्नेछन् । संघको प्रिभिलेज कार्ड अनिवार्य हुनेछ, जसको व्यवस्थापन मोटरिङ्ग नेपाल तथा टुरमाण्डु नेपालले सुरु गरेको छ ।

जोरपाटी नँया बस्तीको सेवा अटोमोवाइल समेत एसोसिएसनको मेकानिकल पार्टनरको रुपमा यस अघि देखी नै कार्यरत छ । संघले रेसिङ्गको लागी प्रयोग गरिने कार–जिपको लागी मेकानिकल सर्पोट गरिरहेकको छ । सो वर्कशपमा समेत मेकानिकल सर्भिसमा २० प्रतिशत छुट प्रिभिलेज कार्ड मार्पmत दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया