त्रिविवि सामाजिक कार्यका विद्यार्थी स्थलगत अनुगमनका लागि रामपुरमा

रामपुर, पाल्पा।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य स्नातकोत्तर केन्द्रीय विभाग ११ औँ ब्याच प्रथम सेमेस्टरका विद्यार्थीहरूले स्थलगत अध्ययन अनुगमन गरिरहेका छन् । विश्वविद्यालयको सामाजिक कार्य केन्द्रीय विभागको आयोजनामा जेठ १६ गतेदेखि सुरु भएको स्थलगत अध्ययन अनुगमनमा उनीहरूले विभिन्न क्षेत्रको अनुगमन गरिरहेका हुन् । सामाजिक कार्यको पाठ्यक्रम बमोजिम उनीहरू पाल्पाको रामपुर नगरपालिका क्षेत्रमा स्थलगत भ्रमण गरिरहेका छन् ।
विद्यार्थीहरूले स्थानीय जनजीवन, सामाजिक–आर्थिक अवस्था, लैङ्गिक समानता, सांस्कृतिक अभ्यास, राजनीतिक संरचना तथा सरकारी सेवा प्रणालीका विभिन्न पक्षमा प्रत्यक्ष अध्ययन तथा अनुसन्धान गरेका छन् । अनुसन्धानको क्रममा उनीहरूले विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरेका छन्।
पछिल्लो समय नेपालमा सामाजिक कार्य विषयप्रति विद्यार्थीहरूको आकर्षण तीव्र गतिमा बढ्दो रहेको सामाजिक कार्य विभागका विभागीय प्रमुख अभियान केसीले जानकारी दिए । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयले मात्र यो विषय स्नातकोत्तर तहमा अध्यापन गराउँदै आएको छ ।
विद्यार्थीहरूले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पा जिल्ला रोजेका थिए । विद्यार्थीहरूको माग अनुसार पाल्पा जिल्लालाई छनोट गरी स्थलगत अनुगमनलाई प्रभावकारी बनाइएको कार्यक्रमका सुपरभाइजर सरोज गिरी र सामाजिक कार्य विभागका सदस्य चूडामणि बराल ज्यूले बताएका छन। विद्यार्थीहरूले यस क्रममा समुदायमा प्रत्यक्ष सहभागिता जनाउँदै विद्यालय स्तरीय मूल्याङ्कन, प्रस्तुतीकरण तथा सचेतनामूलक क्रियाकलापहरू सञ्चालन गरेका हुन् ।
सामाजिक कार्यकर्ताहरूले यस अभियानमार्फत सामाजिक रूपान्तरण, समावेशी विकास, र अधिकार प्रवर्धनका पक्षमा समुदायमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास व्यक्त गरेका छन् । उनीहरूले पाल्पा जिल्लाले सामाजिक कार्यको अभ्यासका लागि सशक्त आधार प्रदान गरेको जनाएका छन्। स्थलगत भ्रमण तथा अवलोकन आगामी जेठ २६ गतेसम्म जारी रहनेछ ।









१ करोड ६८ लाखमा भवन निर्माण
धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया