तिलक र सुनमायालाई म्याराथन उपाधि

पोखरा ।
अन्नपूर्ण आरोहणको हिरक महोत्सवको अवसरमा भएको पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका तिलकबहादुर सुनुवार र महिलातर्फ सुनमाया बुढाले जितेका छन् ।
अन्नपूर्ण सेन्चुरी पर्यटन व्यावसायी समितिको आयोजना र नेपाल एडभेन्चर रनिङ फेडेरेसनको प्राविधिक व्यवस्थापनमा भएको प्रतियोगितामा तिलकले गत वर्षका विजेता होमलाल श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घन्टा २४ मिनेट ४ सेकेन्डमा पूरा गरे । उनलाई पछ्याइरहेका आर्मीकै होमलालले ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो बने ।
जुम्लाका दलबहादुर बुढाले ४ घन्टा ३३ मिनेट २१ सेकेन्डमा पार गर्दै तेस्रो स्थानमा चित्त बुझाए । प्रतियोगितामा घान्द्रुकका सचिन गुरुङले उक्त दूरी ४ घन्टा ३६ मिनेट ३ सेकेन्डमा पूरा गरी चौंथो बन्दा गण्डकी प्रदेशतर्फ प्रथम बने ।
महिलातर्फ जुम्लाका धावक हाबी बने । जुम्लाकी अन्तर्राष्ट्रिय अल्ट्रा धावक सुनमाया बुढा (४ घन्टा ४१ मिनेट २५ सेकेन्ड) प्रथम, राममाया बुढा (४ घन्टा ५० मिनेट २४ सेकेन्ड) दोस्रो, कल्पना बुढा (५ घन्टा २ मिनेट ४० सेकेन्ड) तेस्रो भए । म्याराथनमा विजेता बनेका तिलक र सुनमायाले जनही १ लाख ५० हजार पाए ।
दोस्रो भएका होमलाल र राममायाले जनही १ लाख, तेस्रो भएका दलबहादुर र कल्पनाले जनही ७५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । गण्डकी प्रदेशमा प्रथम बनेका सचिनले नगद ३० हजार पाए । विजेता धावकहरुलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।
म्याराथनतर्फ ७ विदेशी धावकसहित ८४ जनाले सहभागिता जनाएको प्राविधिक सहयोगी रिक्की योञ्जनले जानकारी दिए । ८४ जनाले दर्ता गरे पनि खराब मौसम र स्वास्थ्यका कारण ७७ जनाले दौड पूरा गरेका थिए । जसमा १४ महिलाको सहभागिता थियो ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रको दिगो पर्यटनको विकाससँगै साहासिक खेलकुदको गन्तव्य बनाउनुपर्ने बताए । विभिन्न सांस्कृतिक प्रस्तुतिसँगै विभिन्न क्षेत्रका वक्ताहरुले जुन ३ महत्व सबैले बुझ्नुपर्नेमा जोड दिएका थिए ।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ समुन्द्री सतहको ४ हजार १ सय ३० मिटरमा रहेको अन्नपूर्ण आधार शिविरबाट म्याराथन सुरु भएको थियो । म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन भएको हो ।
रोहित पुरस्कृत
‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार २०८२’ बाट रोहितराज पराजुली पुरस्कृत भएका छन् । अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा पराजुलीलाई नगदसहित पुरस्कृत गरिएको हो ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारी, प्रतिभा छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ लगायतले पुरस्कार प्रदान गरे । उनी नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।
पुरस्कारको राशि २५ हजार नगद र सम्मानपत्र छ । कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने १ पत्रकारलाई ३ जुन अर्थात अन्नपूर्ण हिमाल आरोहण दिवस दिन प्रदान गरिन्छ ।
यसअघि यो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार, दोस्रोपटक रुपनारायण ढकाल र सन्तोष पोखरेल र तेस्रोपटक रविचन्द्र पराजुली सम्मानित भइसकेका छन् ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया