
जोमसोम ।
मुक्तिनाथ मन्दिरमा सिसी क्यामेरा जडान गरिएको छ । मुक्तिनाथ विकास समितिले त्यहाँ १८ वटा सिसी क्यामेरा जडान गरेको हो । हिन्दू तथा बौद्ध धर्मालम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मा सिसी क्यामेरा जडानपछि थप सुरक्षाको अनुभूति हुने अपेक्षा गरिएको छ।
मन्दिर तथा आसपासका क्षेत्र र मन्दिर जाने सिंढी लगायतमा मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनका गतिविधि नियाल्न सिसी टिभी जडान गर्नु परेको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
‘मुक्तिनाथमा बर्सेनि लाखौं तीर्थालुहरु दर्शन गर्न आउनुहुन्छ, यसले मन्दिर क्षेत्रमा सुरक्षा लगायतको व्यवस्थापनमा चुनौती बनेको छ’, प्रमुख जिल्ला अधिकारी भुसालले भने, ‘सिसी टिभीको निगरानीले मन्दिर क्षेत्रमा हुने अवान्छित गतिविधि नियन्त्रण, जथाभावी फोहोर मिल्काउने संस्कृति, दर्शन कार्यमा भीड व्यवस्थापन र लेंक लाग्दा विपद् उद्दार कार्यमा सहयोग पुर्याउँछ ।’
मुक्तिनाथ विकास समितिले कोषको रकम खर्चिने गरी मुक्तिनाथ क्षेत्रमा दर्शनार्थीको सुरक्षाका लागि ९ लाख ९६ हजार लागतमा सिसी टिभि जडान गरिएको समितिका कोषाध्यक्ष एवं वारागुङ मुक्तिक्षेत्र १ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । मन्दिर क्षेत्रमा सिसी टिभी जडानले चोरी हुने, विपद् उद्दार लगायतमा सहयोग पुग्ने समिति कोषाध्यक्ष गुरुङको भनाइ छ ।
मुक्तिनाथमा सिसी टिभी जडान गरिएकाले त्यहाँ दर्शन गर्न जाने भक्तजन आफैं सचेत रहने समिति कोषाध्यक्ष गुरुङले उल्लेख गरे । मन्दिरको तल्लो गेटदेखि उपल्लो गेटको सिंढी बाटो हुँदै मन्दिर परिसर, १०८ धारा, स्नानकुण्ड, भिआइपी कक्ष, चेन्जिङ रुम, बुद्ध पार्क र ज्वालामाई गुम्बासम्म १८ वटा सिसी टिभी जडान भएको सन् टेक्नोलोजी काठमान्डौंका प्रोपाईटर नारायण भट्टले जानकारी दिए ।
सिसी टिभी ३२ वटासम्म पु¥याउन सकिने गरी व्यवस्थापन भएको भट्टको भनाइ छ । ‘तत्कालका लागि १८ वटा मात्रै क्यामेरा जडान गरिएको छ, पछि थप गरी ३२ वटासम्म पु¥याउन सकिनेछ’, भट्टले थपे, ‘अहिले करिव १२ दिनसम्मको फुटेज हेर्न मिल्ने गरी जडान गरेका छौं, यो पनि आवश्यकता अनुसार सेटिङ गरी मिलाउन सकिनेछ ।’
मुक्तिनाथमा जडान गरिएको सौर्यउर्जा सोलार तथा विद्युतबाट चलाउन मिल्ने गरी वल्र्ड भ्यु (युएनडी) कम्पनीको सिसी टिभि जडान गरिएको भट्टले बताए । दिनमा भन्दा रातको समय अझै थप व्यवस्थित तरिकाले दृष्य कैद गर्नसक्ने क्षमताको सिसी टिभि जडान भएको भट्टको भनाइ छ ।
मन्दिरमा जडान गरिएको सिसी टिभिले पाँच एमबी फुल कलरका साथै अडियो क्यारी गर्न सक्ने सन टेक्नोलोजीले जनाएको छ । सिसी टिभीका लागि एक हजार मिटर फाईबर, एक हजार मिटर पावर केवल, एक सय ५० एम्पियरको २ वटा ब्याट्रीको व्यवस्था गरिएको छ ।
एक सय ५० वाटको २ वटा सोलार प्यानल र ४ हजार जिबी क्षमताको हार्ड डिस्क राखिएको सन टेक्नोलोजी कम्पनीले बताएको छ । कम्पनीले एक हप्ता खर्चिएर मुक्तिनाथमा अत्याधुनिक सिसी टिभी जडान गरेको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया