–गण्डकी प्रदेशको नीति तथा कार्यक्रम–

राइड सेयरिङलाई नियमन र व्यवस्थापन गर्ने

समाधान संवाददाता २०८२ जेठ २१ गते १४:०६

पोखरा ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई लागू गर्ने प्रतिवद्धता जनाएको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले आर्थिक वर्ष २०८२÷८३ वर्षका नीति तथा कार्यक्रम पढ्दै राइड सेयरिङलाई लागू गर्ने बताए । ‘प्रदेश सरकारले युवामाझ लोकप्रिय बन्दै गइरहेको राइड सेयरिङलाई लागू गर्ने र नियमन र व्यवस्थापर्ने गर्नेछ,’ प्रमुख भट्टले भने ।


प्रदेश सरकारले राइड सेयरिङ नियमावली २०८२ ल्याएपछि यातायात व्यवासायीले यातायात ठप्प पारेका थिए । गण्डकी प्रदेश ४ दिन र देशभरी १ दिन यातायात ठप्प पारे । अन्तत गण्डकी प्रदेश सरकार राइड सेयरिङ नियमावली कार्यान्वयनबाट पछाडि हटेको छ । प्रदेश सरकारले एक महिनाका लागि नियमावली कार्यान्वयन स्थगित गरेको छ ।


यो नियमावलीलाई आगमी आर्थिक वर्ष थप नियमन र व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा ल्याएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया