पोखरा ७ मा अचार बनाउने तालिम सुरु

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ७ मा तीन दिने अचार बनाउने तालिम सुरु भएको छ । वडा कार्यालय पोखरा ७ को सहयोगमा एसएन टु एस खाद्य उद्योगको सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिममा ४८ जना सहभागी छन् । उनीहरुलाई सोनल बोगटी भुजेलले प्रशिक्षण दिनेछन् ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आचार बनाउने तालिमले महिलाहरूमा सीप विकास, घरेलु उत्पादनको प्रवद्र्धन र आर्थिक सशक्तीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले भने, “अचार बनाउने जस्ता साना तर महत्वपूर्ण सीपहरु हाम्रो परम्परागत ज्ञान हुन्, यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउने मात्र होइन, देशको अर्थतन्त्रलाई पनि बलियो बनाउँछ, सरकारले यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नेछ ।’
पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर आम्दानी गर्ने अवसरका लागि तालिम महत्वपूर्ण हुने बताए । उनले महिलाहरूलाई उद्यमशील बनाउने लक्ष्यका साथ वडा कार्यालय अघि बढेको भन्दै यो तालिमले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा ७ का सभापति नवीन बरालले भोलिका दिनमा व्यवहारमै प्रयोग गर्ने गरी अचार बनाउन सिक्न आग्रह गरे । उनले भने, ‘अचार जति बेला, जहाँ पनि, जुनसुकै कार्यमा चाहिन्छ, अब किन्ने होइन आफैले बनाउन सक्नुपर्छ ।’
वडाध्यक्ष आचार्यको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत वडासदस्य वसुन्धरा लामिछानेले गरेकी थिइन् भने सञ्चालन वडासचिव राजेन्द्र पौडेलले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया