अर्घौ कालिकाका त्रिपाठीहरूको सभा

पोखरा । अर्घौ कालिकाका समावेदी गौतम गोत्रीय त्रिपाठीहरूको वार्षिक साधारण सभा र कुलपूजा जेठ २० गते पोखरा–२८, दुरारुखकोटस्थित त्रिपाठी कुलमन्दिरमा भएको छ ।
त्रिपाठी तिवारी राष्ट्रिय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषिराम त्रिपाठीले स्पष्ट योजना र प्रभावकारी कार्यान्वयनले समाजको प्रगति हुने बताए । उनले बोलीभन्दा योजनालाई समयमै कार्यान्वयन गर्न सुझाए । बन्धुहरूको एकतामा जोड दिँदै उनले वंशको उत्थानका लागि सहयोग र सहकार्यको आह्वान गरे । त्रिपाठीहरू ज्योतिष शास्त्रसँग सम्बन्धित भएकाले यसको अध्ययनमा निरन्तरता दिन उनले अनुरोध गरे ।
समाजका सल्लाहकार रामकृष्ण त्रिपाठीले त्रिपाठीहरूको इतिहास र परम्पराको महत्वमाथि प्रकाश पारे । अर्का सल्लाहकार हरिप्रसाद त्रिपाठीले अग्रजहरूको योगदानलाई सधैं स्मरण गर्नुपर्ने बताए । वंशावली प्रकाशन (दोस्रो संस्करण) का संयोजक र सल्लाहकार कीर्तिवल्लभ त्रिपाठीले उत्कृष्ट कार्यसम्पादन गरेकोमा कार्यसमितिलाई धन्यवाद दिए । उनले पूजामा परिमार्जनको आवश्यकता औंल्याए । महिला सदस्य सीता अधिकारी त्रिपाठीले त्रिपाठी महिला सञ्जालको आवश्यकतामा जोड दिइन् ।
कार्यक्रममा ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरू कुलदिप त्रिपाठी, लक्ष्मी त्रिपाठी, ढकनाथ त्रिपाठी, मधुमाया त्रिपाठी, अम्बिका त्रिपाठी र लक्षिमा त्रिपाठीलाई सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरियो । हवनकुण्ड निर्माणका लागि २ लाख ८५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी लन्कु, चितवन निवासी स्व. विष्णु निवास त्रिपाठीकी श्रीमती मिनादेवी त्रिपाठीलाई पनि सम्मान गरियो । यो सम्मान कार्यक्रमको संयोजन सल्लाहकार नन्दलाल त्रिपाठीले गरे ।
सचिव बालकृष्ण त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष पुष्पराज त्रिपाठीले प्रस्तुत गरेको कोषाध्यक्ष प्रतिवेदन र सचिव बालकृष्ण त्रिपाठीले पेश गरेको सचिवको प्रतिवेदन सर्वसम्मतिले पारित भयो । आगामी दिनमा कुलपूजा वार्षिक रूपमा आयोजना गर्ने र बलिप्रथा प्रत्येक पाँच वर्षमा मात्र सञ्चालन गर्ने निर्णय गरियो । यो जानकारी समाजका सचिव बालकृष्ण त्रिपाठीले दिए । अर्घौ कालिकालाई उद्गमस्थल मानी हाल पोखरा, चितवन, बर्दिया, काठमाडौंलगायत विभिन्न स्थानमा बसोबास गर्ने २०७ त्रिपाठी परिवारका १,१०९ सदस्यहरू यो समाजमा संलग्न छन् । त्रिपाठी कुल संस्कृत विकास समाज, अर्घौ झाझरमारेका अध्यक्ष केशवदास त्रिपाठीको सभापतित्वमा कार्यक्रम भएको थियो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया