सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना

सान् फ्रान्सिस्को ।
नेपालीपन र संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देष्यले अमेरिकाको सान् फ्रान्सिस्को सहरमा धार्मिक महोत्सव आयोजना गरिएको छ । नेपालीको पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले आगामी जुन ७ देखि १५ सम्म ९ दिने धार्मिक कार्यक्रम तय गरेको हो ।
महोत्सवमा हिन्दु र बौद्ध धर्मका बिभिन्न पुजा हुने भएका छन् । श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा मुख्य कार्यक्रम राखिएको छ । बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले ९ दिन नै भागवत वाचन गर्नु हुनेछ भने बौद्ध गुरु तेन्जिङ्ग लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्नु हुनेछ ।
भागवत श्रवण गर्नेमात्र नभएर यसपटक सोही मण्डपमा भक्तजनले निजी पूजा पनि गर्न पाउने भएका छन् । पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रह शान्ति पूजा, लाख बत्ति पूजा गर्न सकिने धामिर्क महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारी दिनुभयो । ‘धेरैलाई बिभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलो छैन । त्यही भएर भागवतलाई बनेको मण्डपमा सबै सर्दाम आयोजकले जुटाईदिने र भक्तजनहरु आएर पूजा गर्ने सुविधा गरिएको हो’ दवाडीले भन्नुभयो । यी पूजाका लागि तोकिएको शुल्क तिरेर अग्रिम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ । ९ दिनसम्म यज्ञमा राखेर हरेक दिन पुजिएको कलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामा बोकेको कलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यत्रम छ । यसको लागि आयोजकले तोकेको पोशाकमा महिलाहरु क्लश बोकेर शोभा यात्रामा सहभागी हुनुपर्नेछ । नेपालबाट कलश र एकै रङका सारी मगाइएको महोत्सवका सह–संयोजक तथा कलश यात्राकी संयोजक बिष्णु घलेले जानकारी दिनुभयो ।
भागवतका लागि हुने नित्य पूजाको लागि पनि आयोजकका निश्चित मान्छे नभई जो कोही कर्ता हुन पाउने गरी दर्ता खुला गरिएको छ । ‘पहिलो दर्ता गर्नेले पूजा गर्ने अवसर पाउनेछन्’ संयोजक दवाडीले भन्नुभयो– ‘नान्स सामाजिक संस्था भएकोले समुदायका सबैलाई अवसर दिनका लागि दर्ता परिपाटीबाट सबैलाई अवसर खुला गरिएको हो ।’ यसअघि सन् २०११ र सन् २०१८ पनि यहाँ महायज्ञ भएको थियो । तर त्यसमा भागवत वाचन मुख्य काम मात्र हुन्थ्यो । यसपटक जस्तो धेरै पूजा र धेरै मानिस प्रत्यक्ष पूजामा सहभागी हुन पाउने गरी आयोजना भएको थिएन ।
संकलित रकम नेपाली कम्युनिटी सेण्टरलाई
नान्सले गत नोभेम्वरमा नेपाली कम्युनिटी सेण्टरको भवन गरेको छ । यस क्षेत्रका मानिसले अभियान सुरु गरेको ४५ वर्षपछी यहाँ भवन खरिदको काम भएको हो । भवनलाई शुद्धिकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्न पाउने गरी महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले बताउनुभयो । यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिने दानस्वरुपको रकम नेपाली कम्युनिटी सेण्टरको लागि प्रयोग गरिने कार्कीको भनाई छ ।
नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमा सो भवन खरिद गरेको हो । त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण रहेको छ । संस्थाले यअघि २०२४ को अगष्टमा भवन किन्ने तय भएपछी ३ महिनामा ७ लाख रुपैयाँ संकलन गरेको थियो । १ लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी ८ लाख ५५ हजार रुपैयाँ भवनलाई नगद डाउन पेमेण्ट गरेको कार्कीले जानकारी दिनुभयो ।
धर्म संस्कृति प्रबद्र्धन मुल उद्देषयसँगै भवनको ऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिक महोत्वसको लक्ष्य रहेको कार्कीले बताउनुभयो । यज्ञ सम्पन्न गर्नका लागि यहाँका संघ संस्था, नान्सका बोर्ड अफ ट्रष्टी, डोनरहरु समेटिएको बृहद आयोजक समिति बनेको छ । जसको संयोजकमा घनप्रसाद दवाडी र सह संयोजकहरुमा नारायण पोखरेल, बिष्णु घले, पशुपती कँडेल, मुकुन्द दवाडी, केपी ढकाल, भीम थापा, लाक्पा शेर्पा रहनु भएको छ । त्यस्तै बोर्ड अफ ट्रष्टी र केही समावसेवीहरु रहेको सल्लाहकार समिति बनाईएको छ । जसको संयोजकमा दिक्पाल केसी रहनु भएको छ ।
करिव १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जना क्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया