एसओएस विद्यालयमा वृक्षरोपण

समाधान संवाददाता २०८२ जेठ २२ गते १३:३७

पोखरा ।

विश्‍व वातावरण दिवसको अवसरमा एसओएस हरमन माइनर विद्यालय गण्डकीमा पर्यावरण क्लवको संयोजनमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । ‘प्लाष्टिक प्रदुषण विरुद्ध लागौं’ भन्ने नाराका साथ विद्यालय परिसरमा विभिन्‍न प्रजातीका विरुवा राेपिएकाे हाे ।


ग्रिन रोडको सहकार्यमा ‘हरित विद्यालय परियोजना’ अन्‍तर्गत विद्यालयले विभिन्‍न जनचेतनामूलक कार्य गर्दै आएको विद्यालयका प्राचार्य चूडामणि सुवेदीले बताए ।

Advertisement


विद्यालयमा सिकेको कुरालाई व्यवहारिक रुपमा घरमा र समुदायमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिँदै क्लव थप क्रियाशिल हुनुपर्ने विद्यालयका सहायक प्राचार्य वीरसिंह बुढाले बताए ।


वृक्षराेपण गर्न पाउँदा कक्षा ६ की सिजल खातिले खुसी लागेकाे व्यक्त गरिन् । कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीको सहभागीता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया