ट्रकसँग स्कुटर ठोक्किँदा स्याङ्जाकी युवतीको निधन

समाधान संवाददाता २०८२ जेठ २३ गते १२:३३

पोखरा ।

स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–१, कुभिण्डेमा स्कुटर ट्रकको पछाडि ठोक्किँदा गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, शुक्रबार बिहान करिब ८ बजे सिद्धार्थ राजमार्गमा स्याङ्जाबाट पोखरातर्फ जाँदै गरेको ट्रक (ना४ख ९३३१) र सोही दिशातर्फ गइरहेको स्कुटर (एएबी०२४३) ठोक्किँदा दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा स्कुटर चालक पुतलीबजार नगरपालिका–१३, लाम्पाटाकी २४ वर्षीया जीतमाया थापा गम्भीर घाइते भएकीमा उपचारका क्रममा पोखरामा निधन भएको छ ।

ट्रकसहित त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया