जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सामग्री

समाधान संवाददाता २०८२ जेठ २४ गते १६:१५

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १० ले शुक्रबार कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ । कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ बराबरका विभिन्न शैक्षिक सामग्री विद्यालयलाई प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले सामग्री हस्तान्तरण गर्दै यस्तो सहयोगले विद्यार्थीहरूलाई पढाइमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले वडाबाट विद्यालयका विभिन्न क्षेत्रमा निरन्तर सहयोग भइरहेको जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले वडा कार्यालयप्रति विशेष आभार व्यक्त गर्दै हस्तान्तरण गरिएका सामग्रीहरू लक्षित विद्यार्थीहरूको हातमा यथाशीघ्र पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वडाका जनप्रतिनिधिहरू परमेश्वर बहादुर कार्की, सुनिमाया नेपाली, नरदेवी गुरुङ, वडा सचिव शिवहरी शर्मा तिमिल्सिना, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू नारायण श्रेष्ठ र मनोज गुरुङ, विद्यालयका शिक्षक प्रतिनिधि पूर्णबहादुर गुरुङ, सहायक प्रधानाध्यापक लक्ष्मीकान्त अधिकारी, कुशल लामिछाने र वासुदेव अधिकारी, प्राथमिक विद्यालय इन्चार्ज लेकमाया पुन, शिक्षकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो ।

Advertisement

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विजय सापकोटाले गरे ।

तपाईको प्रतिक्रिया