अपांगता समावेशी शिक्षा तथा सिकाईको विश्वव्यापी ढाँचाको बारेमा सरोकारवालाबीच नीति संवाद

पोखरा ।
स्वावलम्बन जीवन पद्वति केन्द्र पोखराले शुक्रबार अपांगता समावेशी शिक्षा तथा सिकाईको विश्वव्यापी ढाँचाको बारेमा सरोकारवालाबीच नीति संवाद गरेको छ । कोरियाको अपांगता भएका व्यक्तिहरुको विकास संस्थान (कोडी)को सहयोगमा सञ्चालित नेपालमा अपांगता समावेशी शिक्षा तथा सिकाईको विश्वव्यापी ढाँचा प्रवद्र्वन परियोजना अन्तर्गत कार्यक्रम भएको हो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव दिव्या दवाडीले सबै बालबालिकालाई विभेद रहित वातावरणमा समावेशी शिक्षा प्रदान गर्नुपर्ने बताइन् । अपांगता भएका बालबालिकाले सहज र सरल ढंगले शिक्षा पाउन नसकेको जानकारी दिँदै उनले शिक्षाको हक सुनिश्चित गर्नका लागि मौजुदा नीति, कानुन कार्यान्वयनका लागि कसैले नरोकेको दाबी गरिन् ।
‘समावेशी शिक्षाको लागि आवश्यक पर्ने शिक्षकको तयारी पुगेको छैन,’ उनले भनिन्, ‘परीक्षा तथा मूल्यांकन प्रणाली अपांगता भएका विद्यार्थीको लागि मैत्री छैन ।’ उनले अपांगता भएको बालबालिकालाई व्यक्तिगत सघन सिकाई सहजीकरण आवश्यक पर्ने जानकारी दिइन् । शिक्षामा सबै बालबालिकाको पहँुच सुनिश्चित हुन नसकेको उल्लेख गर्दै उनले हरेक बालबालिकाको सिकाई आवश्यकता पूरा हुने गरी सिकाईको विश्वव्यापी ढाँचा तयार भएको बताइन् ।
नेपाल नगरपालिका संघ गण्डकीका सहसंयोजक तथा कुश्मा नगरपालिकाका उपमेयर स्वस्थानी रिजालले अपांगता भएका बालबालिकाका लागि उचित शिक्षा दिक्षाको व्यवस्था गर्न स्थानीय सरकार तयार पाएको बताइन् । माध्यमिक तहको शिक्षाको जिम्मेवारी पाएको स्थानीय तहले शिक्षाको हक सुनिश्चित गर्न प्रयास गरेको उनले उल्लेख गरिन् ।
राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा सुवेदीले अपांगता भएका विद्यार्थीलाई छुट्टै पठन पाठनको व्यवस्था गर्न भन्दा एकै ठाउँमा शिक्षा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए । बौद्धिक अपांगता अभिभावक महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामनारायण श्रेष्ठले अपांगता भएका बालबालिकाको अध्ययनका लागि अहिलेसम्म छुट्टै विशिष्टिकृत विद्यालय नभएको जनाए ।
स्वावलम्बन जीवन पद्वति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङले अपांगता भएको बालबालिकाको शिक्षा प्राप्तिमा कठिनाई भएको बताए । ती बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्नका लागि सरकारी नीति कानुनको कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीसँगको समन्वयमा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका कानुन सचिव रामजी दनाई, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय सामाजिक महाशाखा प्रमुख मुना अधिकारी, पोखरा महानगरपालिका सामाजिक महाशाखाका अधिकृत अर्जुन नेउपाने, स्वावलम्बन जीवन पद्वति केन्द्र पोखराका महासचिव अन्जना केसी, श्रवण दृष्टिविहीन संघ नेपालका सचिव हरि केसी, जानकी माविका व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र गुरुङ, दीपक माझी लगायतले अपांगता भएका विद्यार्थीको शिक्षाको सवालमा बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया