कञ्चनको स्थापना दिवसमा विद्यार्थीलाई सहयोग

लेखनाथ ।
बालबालिका, स्वास्थ्य र प्रकृतिका लागि ज्ञान तथा वकालत सञ्जाल (कञ्चन) संस्थाले शनिबार आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर विद्यार्थीहरूका लागि शैक्षिक सामग्री सहयोग गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित अमरज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री तथा इसिडी सामग्री वितरण गरेको हो ।
विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले गरिएको सो कार्यक्रमको अवसरमा पोखरा महानगरपालिका वडा नं २६ की वडा सदस्य सुजाता सुनार बरालले नवस्थापित संस्थाले विद्यालयमा गरेको सहयोग उदाहरणीय भएको र अन्य संस्थाहरूका लागि समेत प्रेरणादायक हुने बताइन् ।
संस्थाका अध्यक्ष अमर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सत्यदेवी बराल, संस्थाका कार्यकारी निर्देशक सागर सुनुवार, सचिव नम्रता कोईराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर रानाभाट, अक्षयकोषदाता दीर्घनाथ वराललगायतले संस्थाले सामाजिक क्षेत्रमा गरेका कार्य र त्यसले समाजमा पारिरहेको सकारात्मक प्रभावबारे आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया