हाइड्रोको स्वामित्व हस्तान्तरण गर्दै मसिना सहकारी
मसिना हाइड्रोपावर ८९१ किवा सञ्चालन गरी विद्युत् उत्पादन

लेखनाथ ।
पोखरा महानगरपालिका–३२, तल्लो गगनगाैंडामा अवस्थित मसिना पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम विशेष साधारण सभा भएको छ ।
सभाले मसिना हाइड्रोपावर ८९१ किवाको स्वामित्व सर्वसम्मत निर्णय गर्दै भमरकोट बहुउद्देश्यीय कम्पनी प्रालि, पोखरालाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । साधारण सभामा सहकारीका पदाधिकारी, संस्थापक सदस्य, स्थानीय समुदायका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा सहकारीको विगत उपलब्धिहरूको समीक्षा गर्दै भावी कार्यदिशा तय गरिएको थियो ।
संस्थाका अध्यक्ष प्रकाशचन्द्र पागलले सभामा मन्तव्य दिँदै भने, ‘हामीले यस संस्थामार्फत समुदायमा योगदान दिने उद्देश्यका साथ २०६९ साल फागुन २० गते संस्थाको स्थापना गरेका थियौँ । मसिना हाइड्रोपावर ८९१ किवा सञ्चालन गरी विद्युत् उत्पादन गर्नुका साथै पर्यटन चेतना फैलाउने हाम्रो मुख्य उद्देश्य हो ।’
उनले इजाजत तथा अनुमति सम्बन्धित निकायहरूबाट लिइसकेपछि योजना सञ्चालन गर्ने क्रममा विश्वव्यापी महामारीका कारण ठूलो मानवीय विपत्ति र आर्थिक मन्दी सिर्जना भएको बताए । यसले गर्दा लगानी जुटाउन समस्या भयो र देशमा लगानीमैत्री वातावरण पनि नहुँदा प्रोजेक्ट सफल हुन नसकेको उनको भनाइ थियो ।
त्यसैले विभिन्न कम्पनीहरूसँग लामो समयदेखि छलफल र परामर्श गरेर संस्था तथा सेयर सदस्यहरूको हितलाई ध्यानमा राखी भमरकोट बहुउद्देश्यीय कम्पनी प्रा.लिसँग मिति २०८२ जेठ ४ गते भएको पदाधिकारी बैठकको निर्णय र पुनःसंयोजन समितिका सल्लाहका आधारमा यो सभा आयोजना गरिएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं २ का वडाध्यक्ष सुमन रानामगरले संस्थाले १२ वर्षको अवधिमा बिजुली उत्पादन गर्न नसक्नु, थप बचतकर्ताको सहभागिता कमी हुनु र कानुनी जटिलताका बाबजुद संस्थाले लिएको उद्देश्य र प्रयास सराहनीय रहेको बताए । साथै, नयाँ व्यवस्थापन पक्षले संस्थाको मूल संरचना र उद्देश्यलाई जोगाउँदै नविन योजनामार्फत पर्यटन प्रवद्र्धनमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
भमरकोट बहुउद्देश्यीय कम्पनीका प्रतिनिधिले संस्थालाई थप व्यवस्थित र सुरक्षित बनाउँदै यसको पूर्वाधार, अनुभव र समुदायसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जनप्रतिनिधि पोखरा–३२ की वडा सदस्य शोभा विश्वकर्मा, सल्लाहकार शिवजी लामिछाने, टिकाराम पगेनी, परामर्शदाता इञ्जिनियर सागरमोहन भट्टराई, कानुनी सल्लाहकार अधिवक्ता खगेन्द्र आचार्य, कोषाध्यक्ष अर्जुन मल्ल, शेयर सदस्य पद्मा वास्तोला लगायतले सहकारीको निर्णयलाई उदाहरणीय भन्दै प्रशंसा गरेका थिए ।
साधारण सभा सम्पन्न भएसँगै स्वामित्व हस्तान्तरणको औपचारिक प्रक्रिया सुरु गरिने सहकारीले जनाएको छ । आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी मिति २०८२ जेठ २६ गते स्वामित्व हस्तान्तरण गरिनेछ । स्वामित्व हस्तान्तरणसम्बन्धी प्रस्तावमा सेयर सदस्यहरुले सुझाव तथा सल्लाह राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद तिवारीले गरेका थिए ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया