पेट्रोल चोरी प्रकरणमा गगनगौडा डिपोका प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

पाेखरा ।
गण्डकी प्रादेशिक कार्यालय, पोखरा अन्तर्गत गगनगौडास्थित नेपाल आयल निगमको डिपोमा पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा कार्यालय प्रमुखसहित पाँच जनामाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी कार्यालयका प्रमुख चितरंजन दास, पश्चिमाञ्चल ट्रेडर्स तथा कम्पनीका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी–धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुङ्गाना र लक्ष्मण राणाभाट तथा ट्याङ्कर चालक निर्मल थापाविरुद्ध मुद्दा दायर गरेको हो।
अनुसन्धानमा उनीहरूले योजनाबद्ध रूपमा मिलेमतो गरी डिपोको सीसी क्यामरा बन्द गरेर इन्धन बढी लोड गर्ने कार्य गरेको पुष्टि भएको छ। २०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्सले १२ हजार लिटर डिजेल अर्डर गरी नेपाल आयल निगमको खातामा भुक्तानी गरे पनि, त्यस दिन सिसी क्यामरा बन्द गरी नियोजित रूपमा ३ हजार ३८ लिटर बढी डिजेल लोड गरिएको आयोगको अनुसन्धानबाट खुलेको हो।
ग २ ख ८३६ नम्बरको ट्याङ्करमा लोड गरिएको सो डिजेल पोखरा महानगरपालिका–२७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको थियो, जहाँ १५ हजार ३८ लिटर डिजेल फेला परेको थियो।
उनीहरूमाथि जनही ४ लाख ५८ हजार रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया