गण्डकीले कालिगण्डकीको पानी डाइभर्सन गरेर लुम्बिनी लैजाने सहकार्य गर्न सक्दैनः मुख्यमन्त्री पाण्डे

पोखरा ।
गण्डकी प्रदेश सरकारले कालिगण्डकी नदीको पानी डाइभर्सन गरेर लुम्बिनी प्रदेश लैजाने प्रस्तावमा सहकार्य नगर्ने स्पष्ट पारेको छ । आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको स्वाभाविक स्रोतलाई बाहिर लैजाने योजनामा प्रदेश सरकार सहभागी नहुने बताएका हुन् ।
‘गण्डकी प्रदेशको पानी लुम्बिनी प्रदेशमा उपभोग गर्ने भनिएको कुरा आएको छ, तर गण्डकी प्रदेश सरकार त्यसमा सहकार्य गर्न सक्दैन,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सरकारको अडान स्पष्ट गर्न चाहन्छु, यत्तिमात्र हो — उत्तेजनामा आएर केही बोल्न चाहन्नँ ।’
उनले यस्तो संवेदनशील विषयमा भावनात्मक उत्तेजनाले समाधान नहुने भन्दै दीर्घकालीन सोचसहितको निर्णय आवश्यक रहेको बताए। मुख्यमन्त्री पाण्डेले प्रदेशको हक–हितमा गण्डकी सरकार दृढ रहेको पुनः दोहो¥याए ।








पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया